बिश्व मानव शास्त्र दिवसलाई निरन्तरता दिनु पर्छ Uncategorized समाचार February 23, 2019 प्रशान्त खड्का/किर्तिपुर बिश्व मानव शास्त्र दिवसको अवसरमा मानव शास्त्र केन्द्रिय बिभाग त्रि.वि द्वारा आयोजीत कार्यक्रम किर्तिपुर स्थित मानव शास्त्र केन्द्रिय विभाग त्रि.वि को सभाहलमा मानव शास्त्री प्रा.डा भानु तिम्ल्सीनाको अध्यक्षतामा एक बिशेष समारोहका बिच सम्पन्न भएको छ । उतm कार्यक्रमा मानव शास्त्र स्नातकोत्तर तेस्रो सेमेस्टरका विद्यार्थि दुर्गा कुमार सुनुवार ले स्वागत मन्तव्य राख्दै मानव शास्त्र बिषयको अध्ययनले मानिसलाई मानबको बाहिरी संसार र आफैलाइ समेत बुझ्न सक्ने धारणाको बिकास गर्ने बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथी तथा त्रि.वि का पुर्व प्रा.डा दिल्ली राम दाहाल ज्युले आफ्नो मन्तव्यका क्रममा मानव शास्त्रले केवल सैद्धातीक ज्ञान दिने मात्र नभई कार्यक्षेत्रको सहभागिता मुलक अध्ययनका माध्यम द्वारा मानविय व्यवहारका स–साना कुराहरुलाई समेत बुझ्नका लागि सहयोग गर्ने भएकाले मानव शास्त्र बिषयको अध्ययन जरुरी रहेको कुरा प्रष्ट पार्नु भयो। त्यसैगरि कार्यक्रममा सहभागि रहनु भएका मानव शास्त्र विभाग त्रि. वि का पुर्व प्राध्यापकहरु डा. पदम लाल देवकोटा र साँस्कृतिक अभियन्ता समेत रहनु भएका डा. ओम गुरुङ ले पनि आफ्ना मन्तव्य राख्दै अमेरिकन एन्त्रोपोलोजि (मानव शास्त्र) एसोसियसन ले पनि हाल सम्म कुनै निश्चित दिनलाई मानव शास्त्र दिवसको रुपमा नतोकेकाले उक्त संस्थाले जहिले मानव शास्त्र दिवस मनाउने निर्णय गर्छ नेपालमा पनि त्यहि दिनलाई विश्व मानव शास्त्र दिवसको रुपमा मनाउनु पर्ने बाध्यता रहिआएकोले अबका आउँदा दिनहरुमा यो दिवसलाइ कुनै एक निश्चित दिनमा मनाउनु पर्ने बिचार ब्यक्त गर्नु भयो। यसका साथै नेपाली मानव शास्त्रका पिता डोर बहादुर बिष्ट को पाला देखि हाल सम्म आई पुग्दा नेपालमा मानव शास्त्रको क्षेत्रमा धेरै कामहरु भएता पनि अझै यस क्षेत्रमा धेरै कामहरु गर्न बाँकि रहेकाले अब बिगत का कुराहरु बाट पाठ सिक्दै बर्तमानमा केन्द्रित रहि भविष्यका लागि नयाँ पुस्ताका मानव शास्त्रीहरुको जमात र आफुहरु मिलेर ती कामहरु पुरा गर्ने अठोट समेत ब्यक्त गर्नु भयो। उक्त कार्यक्रमका अध्यक्ष तथा मानव शास्त्री प्रा.डा भानु तिम्लसीना ज्युले नेपालमा मानव शास्त्रको अध्ययन हुन थालेको धेरै समय भईसकेता पनि अझैं धेरै मानिसहरुले यस बिषयलाई चिन्न नसक्नु एक दुखद कुरा भएकोले अवका आउँदा दिनहरुमा विश्व मानव शास्त्र दिवस हरेक बर्ष मनाएर यसलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिनुका का साथै मानव शास्त्र बिषयको अध्ययन अध्यापन तथा यसको क्षेत्रमा काम गर्नका लागि मानब मानव शास्त्रीय आचार संहिताको निर्माण गर्नु जरुरी रहेको बताउनु भएको थियो। कार्यक्रममा त्रि. वि मा अध्ययनरत मानव शास्त्रका विद्यार्थि, तथा अन्य क्याम्पसमा अध्यापनरत मानव शास्त्रका प्राध्यापकहरुको समेत उपस्थिती रहेको थियो ।