You are here
Home > विविध > आइ लभ चिकेन

आइ लभ चिकेन

-स्वागत नेपाल

तिमी अंग्रेजी पढेकी मान्छे
‘आइ लभ’को अर्थ अर्कै रहेछ तिम्रो लागि
म हेरिरहन्थेँ
तिमीले ‘आइ लभ’ चिकेन भन्दै
कुखुराका साँप्राहरु तानेको
‘आइ लभ चिकेन’ भनेको त
चिकेनलाई मारेर खान्छु पो भनेको रहेछ,
म यतिबेला सम्झिरहेछु
तिमीले मलाई ‘आइ लभ युु’ भनेको ।।।
‘आइ लभ चिकेन’ भन्दै
कुखुराका साँप्राहरु तानेको

मेरो भाषाले ‘लभ युु’ भनेपछि
हत्या गरेर ‘बिलभ्ड वन’को
मासु खाँदैन रमाउँदै

तिमी अंग्रेजी पढेकी मान्छे
म अंग्रेजीमै अर्थ खोजिरहेछु
किन ‘पिक्चराइज्ड’ गर्छौ तिमी
‘लभ’लाई पनि ‘हार्ट’को सेपमा ?
जवाफ हो, तिमीलाई थाहा छैन
हो, तिमीलाई थाहा छैन आत्माको आकार कस्तो हुन्छ
त्यसैले तिमी प्रेमलाई मुटुको ‘सेप’मा ‘पिक्चराइज्ड’ गर्छौ
‘आइ लभ चिकेन’ भन्दै तिमी चिकेनको हत्या गर्छौ
चिकेनको अस्तित्व समाप्त पाछ्र्यौ
‘फास्टफुड सेन्टर’मा पसेर ‘चिकेन रोस्ट’ खान्छ्यौ ।

फास्टफुडले हरेक कुरा फास्ट बनाएको छ तिम्रा लागि ।
‘च्याटिंग फास्ट, डेटिंग फास्ट, लभ फास्ट
र फाइनल्ली डिभोर्स पनि फास्ट
पटकौंका डिभोर्सहरुको बायोग्राफी पनि फास्ट
एक हप्तामा प्रेममय जीवनको बायोग्राफी
बायोग्राफी इन घोस्ट राइटिंग
हो, घोस्ट अर्थात् भूतजस्तै हुन्छ ट्रु लभ पनि
जसको बारेमा सबैले कुरा गर्छन्
तर थोरैले मात्र देखेको दावी गर्छन् ।

कसले भन्छ
वान प्लस वान इक्वाएल्स टु टु भनेर र?
म भन्छु, वन प्लस वन, इक्वाएल्स टु एभ्रिथिंग
टु माइनस वन इक्वाएल्स टु नोथिङ्ग
अर्थात् जेरो हुन्छ साथी ।
तिम्रो इन्टेन्सनसँग मेरो
कुनै अटेन्सन छैन अब ।

हार्ट एट्याक र लभ एट्याक उस्तैउस्तै हुन्छन् ।
जहाँ पहिलो एट्याक नहुञ्जेलसम्म
मलाई पनि हृदयाघात होला भन्ने
विश्वास लागेकै थिएन

तिमी अंग्रेजी पढेकी मान्छे
आइ लभ चिकेन होइन,
आइ लाइक चिकेन भन
लाइक मात्रै गर्न अब
यति मात्रै जानेपुग्छ
कि ह्वाट मेक्स मि लाफ् !
तर, लभ गर्न त बुझ्नै पर्छ
कि ह्वाट मेक्स मी क्राइ र ?
मलाई तिमीले जहिल्यै पनि हँसाइरह्यौ
र त, केवल मन परायौ
मलाई के ले रुवाउँथ्यो
तिमीले कहिल्यै थाहा पाइनौ
हो त, कहिल्यै माया गरिनौ ।
कसैलाई लाइक गर्न कसरी हँसाउन सकिन्छ
त्यति मात्र जाने हुन्छ
कसैलाई लभ गर्न
के ले रुवाउँछ, त्यतिसम्म बुझ्नुपर्छ ।

म ठान्थेँ मैले कुनै मान्छेसँग प्रेम गरेको छु
म सोच्थेँ म कुनै मान्छेसँगै सुतिरहेको छु
तर तिमी आफूलाई
सधैँ देवी, परि ठान्थ्यौ
सधैँ उच्च भगवान मान्थ्यौ
सरी प्रिया म देवीदेवतासँग विवाह गर्दिनँ
मैले बुझेँ
माछेको प्रेम विवाह विना अधुरो हुन्छ
र विवाहपश्चात अन्त्य हुन्छ ।

मलाई अझै सम्झना छ
तिमीले आइ लभ चिकेन भन्दै कुखुराहरु मारेको
आइ लभ भन्दै त्यसैलाई चपाएको
जति चपाए पनि उस्तै कुपोषित स्लीम सुन्दरी तिमी
जसको हरेक अंग
प्रयोगमा ल्याउने वित्तिकै अस्पताल पुर्याउनुपर्छ
अस्पताल, अदालतको अस्पताल
उनी धेरै पटक त्यसरी न्यायाधीस सामू पुगेकी छिन्
र न्यायाधीसले मेरो चेक बुकले
उनको आँसु पुछिदिएका छन् ।

मैले बुझेँ
अ‍ैले बुझेँ
पहिला एक अर्कालाई नबुझेर लफडा भयो
पछि फेरि बुझेर लफडा भयो
नबुझेर लफडा भयो त ठीकै भयो,
बुझेर पो झन् बढी लफडा भयो

न्यायाधीसले तिमीलाई न्याय दिए
तिमी चित्त बुझाएर फर्कियौ
र भन्यौ, हाम्रो विवाह सफल भएन
म सोधिरहेछु, तिमीले चिकेनलाई गरेको लभ सफल हुन्छ रु
विवाह असफल हुँदैन प्रिये
असफल त मान्छे हुन्छ
जुन असफल भयो त्यो प्रेम थिएन
ईश्वरले प्रेम/यौन बनाए
र पुरोहितहरुले विवाह
ठीकै छ म विवाहित भएँ
एउटा विवाहित पुरुषले
सबै गल्तीहरु बिर्सनुपर्छ
र गल्तीहरु पुरुषले मात्र बिर्सनुपर्छ
किनकि म हुँदाहुँदै
तिमीले पनि त्यही काम किन गर्नुपर्छ र?

म सोचिरहेछु
आइ लभ यु भन्दाभन्दै तिमीबाटै चपाइएँ किन
आइ एम वीथ यु भन्दाभन्दै तिमीबाटै धपाइएँ किन रु
म सोचिरहेछु,
म सूचि बनाइरहेछु छुट्टाछुट्टै
एक, तिमीसँग प्रेम भयो किन ?
अर्को, तिमीसँग छुट्टिएँ किन ?
सूचीका बुँदाहरु त ओभर ल्याप भएका छन्
प्रेम हुनु र छुट्टिनुका कारणहरु समान देखिएका छन् ।
कन्फ्युज्ड छु यतिबेला
र, यतिबेला म कुनै
एउटा नर्कलाई मिस गरिरहेछु, कतै एकान्तमा

मान्छेहरु खोजिरहेका होलान् मलाई
ऊ कहाँ बस्छ सोधिरहेका होलान् सबैले सबैलाई
तर म प्रष्ट छु,
मान्छे कहाँ बस्छ होइन,
कहाँ प्रेम गर्छ लेखिनुपर्छ बायोडाटाहरुमा ।

तिम्रो प्रेम पाएपछि
जीवनमा नयाँ संगीत बजेको छ भन्नेहरुलाई
मायामा परेपछि
कुनै मीठो धुनको आभास हुनेहरुलाई
म सुझाव दिन्छु,
तिनीहरुले आफ्ना कानहरु चेक गराउन् डाक्टरसँग
माया घण्टी बजाएर शुरु हुँदैन
तिमीले मलाई मोबाइलमा घण्टी बजाएर
आइ लभ चिकेन, लेट्स ह्याभ लञ्च टुगेदर भनेजस्तो

तिमी अंग्रेजी पढेकी मान्छे
थाहा होला तिमीलाई कि
अ ग्रेट स्पिच ह्याज इट्स विगिनिंग, मिडिल एण्ट द इण्ड
एउटा महान भाषणका तीनवटा भागहरु ह्ुन्छन्
प्रारम्भिक, मध्य र अन्त्य
त्यो भाषणको प्रारम्भिक भाग हो आइ
मध्य माग हो लभ
र अन्तिम भाग हो यू
आइ लभ यु
द वेस्ट स्पिच अफ द वल्र्ड
कहिल्यै लागू नहुने भाषण ।
हरेकले राम्रै भाषण दिएर गए
खुला मञ्चमा दिउँसै
थांग्नामा सुताएर मलाई

जीवन अँध्यारोमा थियो
प्रेम प्रकाश हो, तिमीले भन्यौ
प्रकाश हेर्दाहेर्दै ज्वाला भयो
र अहिले कोइला भयो
म त्यही कोइलाको कालो मुखमा पोतेर
हिँडिरहेछु सडकमा
र, भित्र कुनै फास्ट फुडमा देखिरहेछु
तिमी अरु कसैसँग फेरि भनिरहेछ्यौ
वावो, आइ लभ चिकेन ।

कसैले सोध्छ मलाई प्रेममा धोका भयो तँलाई रु
म भन्छु, जहाँ धोका भयो त्यो शुरुदेखि नै प्रेम थिएन,
धोकालाई प्रेम भन्ने कसैलाई अधिकार छैन
उनका फिलिंगस्हरु बादल जसरी आए गए
मेरो प्रेम आकाश जसरी एकै ठाउँ बसिरह्यो
उनी उतिबेलै फिलिंगस्का कुरा गर्थिन्
म भने प्रेमको कुरा गर्थे
बुझेँ, फिलिंस्हरु बादल रहेछन्
प्रेम आकाश रहेछ,
प्रेमको आकाशमा फिलिंस्का बादलहरु आइरहन्छ्
गइरहन्छन् ।

अब एउटा इमरजेन्सी दुःखको आवश्यकता छ
जहाँ सुप्रिम सुखको कमाण्ड हुन्छ
भन्नेहरु भन्लान् उसको जीवन अन्धार भयो
तर क्याण्डल लाइट, मुन लाइट, स्टार लाइट
सबैभन्दा उज्यालो छ लभ लाइट ।

तिमी त अंग्रेजी पढेकी मान्छे
बुझ्छ्यौ नि,
अनकन्डिसनल लभ नभए पनि
लभ त सबै कन्डिसनमा हुन्छ, म के गरौँ
बचाउन चाहेको थिएँ मैले यसो भनेर
अन्तिम पटक हिम्मत गरेर
हेर प्रिया,
सबै कुराहरु परिबर्तन भए
व्यवस्था, राजनीति, सरकार
सबै सबै,
यहाँ सम्म कि तिमी परिबर्तन भइसक्यौ प्रिया
म पनि बूढो रुखझैँ परिबर्तन भइसकेँ
पातहरु झरेजस्तो दाँतहरु झरिसके
हामी परिवर्तन भयौँ
तब कसरी हाम्रो प्रेम चाहिँ पूरानै रहिरहन सक्छ र?
त्यसैले मबाट पूरानै प्रेम खोजिरहने धृष्टता नगर,
बरु आऊ हाम्रो प्रेमलाई पनि परिबर्तन गरौँ,
रिफ्रेस गरौँ, हामी परिबर्तन भएका मान्छेहरुलाई फेरि शुरुदेखि प्रेम गरौँ ।

आइ लभ चिकेन भन्दै
आज पनि कुनामा लुकेर
उनी उसैगरी प्रेममा लीन छिन् होला
ओ कायर प्रेमीहरु
जो तिमी कुनै सँयालमा,
छायाँमा र झाडीहरुमा
लुकीलुकीकन किस गरिरहेछौ ।
तिमीलाई त्यही प्रेमले
चक्मा दिएर जान्छ,
भ्रममा पारेर जान्छ ।

के यो भ्रम हो र रु यही कविगोष्ठीमा पनि
अरुको उपस्थितिभन्दा
तिम्रो अभाव घना छ मेरो लागि ।
होला पनि,
किनकि प्रेममा विश्वास गर्छन्
केवल मूर्ख कविहरु ।
र, विश्वास गर्छन्
आइ लभ चिकेन भन्दै
चिकेन मारेर खानेहरुलाई ।

साभारः स्वागतनेपाल डट कमबाट

Leave a Reply

Top