You are here
Home > साहित्य > एनारन ठत्यौलि

एनारन ठत्यौलि

-रमेश बाबु घिमिरे

अध्याय १
एका देशमा सुर्योदयको सुन्दर देश थियो। विभिन्न देशका खेलाडी तथा गोल्ड मेडलको गर्गडाहट ले रंगिनमय भएको राजधानी शहर लाई छोडेर एनारन हरु नारायन, नारायन गर्दै पवित्रभुमि ओसाकामा धान्याचल, होम, कोटी र मूल भट्ट छान्न आएका थिए।
पवित्र भूमि ओसाकामा धुमधामका साथ धन्यचल तथा होम,कोटिको तयारी गरिएको थियो। भजन किर्तन गर्दै सोझा भक्तजनहरु बीभिन्न स्थलबाट जम्मा भएका थीए। अगाडी पट्टिको मण्डबमा गणेशको मुर्ति तथा गोबर बाट बनाईएको गणेशहरु लाई रंगी चंगी गरेर धोजापताका साथ सजाइएको थियो।
पुजा पाठ गर्नु पर्ने, होम कोटि लगाएत सबै गर्नु पर्ने भएकोले भक्तजनहरु सुकिला, मुकिला र नया नया धोति पट्टा र कोटले सजिएर जम्मा हुदा कोट बेच्ने पसल आओकि र हारुयामाको स्वरुम जस्तो पनि देखिएको थियो। कोरानाको कारण सबै ईन्तु न चिन्तु भएको बेला नैबेत तथा करी बनाएर खुवाउनेहरु सबै आकाशमा जाहाज उडाउने साउजी जस्ता पोटिला र खाई लाग्दा देखिएका थिए। कोरना राहात कि जय भन्दै गुनगुनाएका पनी थीए।
समयले दिन काटयो पण्डितले बल्ल धान्यचलको सुरुवात गरे। प्रबचन दिनेहरु पनि पालै पालै मण्डबमा आउन थाले। सबैले चर्को चर्को स्वरमा यसो र उसो, उथल र पथल भन्दै कराउदै प्रबचन दिएका थिए। त्यती मात्र हो र अब जे गर्छ एनारनले गर्छ अरुले गर्दैन पनी भन्दै थिए। भक्तजनहरु फुल, माला, दुबो लीई दुई हात जोडी रातभरीको पन्चामृतको प्रभाब ले हो कि के हो इन्तु न चिन्तु भएर निधाई रहेका थिए।

अध्याय २
हरेक २ बर्षमा मूल भट्ट को परिवर्तन हुने नियम छ। अन्तिममा धान्यचल र होम कोटी लगाउदा मूल भट्ट लाई अगाडी राखेर धान्याचल लगाउने परम्परा भए पनि यो चोटी के भयो कुन्नि त्यस्तो देखिएन। परम्परा तोडेको भन्दै यस्तो पुजाले भए हुने र अनिष्ठ आउने भन्दै भक्तजन खासखुस गर्दै थिए।
देबिहरु को पनि देबी मूल भट्ट “देबी” कहा गए , किन आएनन भनेर बूझ्दा पूजा, रुद्री, सोह्र-श्राद्ध गर्दाको दक्षिणा खुले आम लिएको, नैबेद, रोटि,पुरी कसार,चामल, बेसार हरु कुनै पनि पण्डित लाई नदिई पोको पारेको घर तीर लगेको हुदा माथीको महादेवको पनी देब महेश्वर र कुमारेश्वरहरु रिसाएर सराप दीएका रहेछन। कही कतै खुले आम उज्यालोमा देखिए भष्म हुने र कसैले नदेखिने गरि दुलो भित्र हो वा बादल माथी लूकेर बस्नु भने पछि बादल त त्यस्तै हो दुलो भित्र लूकेका कारण नआएका रहेछन।

अध्याय ३
आदरणीय भक्तजनहरु २ बर्षेको लागि मूल भट्टको चयन ५ जना बाट छान्नु पर्ने र भक्तजनलाई अधिकार दीने भने पछि भक्तजनहरु नया उम्मेदवारहरु कस्तो होला, को होला भनेर खुब निहाली रहेका थिए।
कोहि शिब भगवानको छोरा गणेश जस्तै ठुला भुडी भएका, कोहि शिब धनु लाई तोड्नु पर्छ भन्ने बलवान जस्ता, कोहि बुद्धिले काम गर्नु पर्छ भन्ने जस्ता, कोहि फुच्चे देखिने तर शिब धनुस तोडछ कि भन्ने जस्ता, कोहि मेरो पुजा आराधाना बिना अहिले नै हतार कसैले नगर्नु भन्ने सिता जस्ता।
नया उम्मेदवारहरु देखेर भक्तजनहरु अलमलमा परेका थिए। अन्तिम अन्तिम तिर गतिबिधि लगाएत उठेको चन्दा, दक्षिणा संकलनको जानकारी दिने समय भएको थियो। महासचिब पण्डितले गतिबिधि भन्न सुरु गरेका के थिए, नेपालि बोलेका पण्डित एक्कासी संस्कृत भाषा बोले पछि सबै अलमलमा नै परे।
एक छिन् पछि चन्दा तथा दक्षिणा संकलको जानकारी को समय आयो। चन्दा संकलन गर्नु भएको आर्को पण्डितले टपरीमा चाडाएका दक्षिणा लाई सबै अर्ब र खर्बमा भने पछि भक्तजनहरु ले हिसाब नबुझेर ट्ववा पर्दै पछाडी कतिओता सुन्य हुन्छ भन्दै औला गन्दै थिए।
हिसाबको कुरा के सकिन लागेको थियो आर्का निमन्त्रणा तथा सुचना प्रबाहा गर्ने पण्डितले मैले रुद्री लगाउदा उठेको दक्षिणाको हिसाब किताब खै? एक्लै एक्लै गनेको दक्षिणाको अर्थ नहुने भनेर जंगीए पछि जल र पन्चामृत लिएका भक्तजनहरु काली रात्रिको काली जस्तै गरि रिसाएका थिए।
भक्तजनहरु रिसले मण्डबहरु लथालिंग पारिदीएका थिए। पण्डितहरु एक आर्कामा दोष लगाउदै मंचको माथी माथी चढेर कराएका थिए। लथालिंग भयो अति भयो भने पछि देबका पनि “देब” ले सम्पूर्ण लाई सम्झाई बुझाई शान्त बनाएका थीए।
अब अन्तिम अन्तिममा तर्पण दिनको लागी भक्तजनहरु लाई माईकिंग गरियो। भक्तजनहरु आर्थिक हिनामिनाको तर्पण दिन हातमा चरु लिएर हवनको लागि बस्नुहोला। तपाईहरुले हातको चरु अग्निमा हाल्दै स्वाहा भन्नु होला।

देबिहरु को पनि “देबी” मूल भट्ट, स्वाहा
सोह्र-श्राद्ध को नैबेद , रोटि, चामल, दक्षिणा, स्वाहा
आर्थिक घोटला, स्वाहा
प्रगति प्रतिबेदनको महासचिबको नेपाली भाषा, स्वाहा
आर्थिक तथा दक्षिणा प्रतिबेदन, स्वाहा
केहि मिलाउन नसक्ने अग्रज, स्वाहा
लु भक्तजन सभ्य भएर पन्चामृत र नैबेध ग्रहण गरेर आ – आफ्नो घरमा शान्त भएर ३० गते सम्म बस्नु होला।
३० तारिख देवता र दानवहरु मिलेर समुन्द्र मन्थन गर्दा कालकूट बिष निस्किन्छ कि अमृत त्यो त्यतीखेर नै हेरौला।
१०औ जापान महाधिबेसन उत्तानो परणम अध्याय समाप्तम !!

Leave a Reply

Top