You are here
Home > प्रवास > बिदेशी भुमिमा आमा हुनेहरुको मानसिक स्वास्थ्य

बिदेशी भुमिमा आमा हुनेहरुको मानसिक स्वास्थ्य

-डा. विजय ज्ञवाली,
क्लिनिकल मनोबिज्ञ

केही बर्ष पहिला जापानबासी नेपालीहरु एकजना नेपाली सुत्केरी महिला हराएको बिसयले आस्चर्य चकित हुनपुगे विभिन्न अटकलबाजीका बीच केहिदिन पछि उनको लास समुन्द्रमा भेटिए पछि जापान बासी नेपाली मर्माहित हुनपुगे | सोसियल मेडियामा देखिएका विभिन्न पक्ष विपक्ष का बहस संगै यो घटनाले एउटा प्रस्न छोडेर गयो ,के बिदेशी भुमिमा आमा हुने दिदि बहिनिहरु मानसिक रुपमा सुरक्षित छन् त ?आमा बन्नु जति आनन्दित अनुभूति हो त्यति गारो पनि हो | गर्भवती अवस्था र सुत्केरी अवस्था दुवै अवस्थामा तपाईको जीवनमा आउने परिबर्तन सहज हुँदैन |
एकतर्फ आमा बन्ने कुराको खुसि अर्को तर्फ बिभिन्न अन्योलता बिच रहनु पर्ने हुनसक्छ | अझ बिदेशी भुमि भित्र रहेका बिभिन्न कठिनाई बिच आमा बन्नु पक्कै सजिलो छैन | तर यो अवस्था चिन्तित हुने समय होइन , आत्मविश्वास अझ बढी जरुरि हुने अवस्था हो | गर्भवती हुनु पहिले देखि नै कुनै प्रकारको मानसिक समस्या छ अथवा यस समन्धी कुनै औसधी को प्रयोग गर्ने गरेको छ भने त्यस्तो अवस्थामा बिसेस ध्यान दिनुपर्छ | पहिलो पटक चिकित्सकको मा जादा नै यसको जानकारी दिनु पर्छ | बिदेशी भुमिमा भाषाको कारण कतिपय अवस्थामा आफ़्नो मनको कुरा ब्यक्त गर्न गारो हुनेहुदा महत्वपूर्ण कुराको टिपोट गरेर चिकित्सकलाई जानकारी दिनु पर्छ | आबस्यक परे दोभासे को सहारा लिनु जरुरि हुन जान्छ | सुत्केरी अवस्थामा शरिरमा आउने केहि सामान्य होर्मोन परिबर्तनले मानसिक अवस्थामा परिवर्तन ल्याउने हुदा आबसेक्त अनुसार मनोबिज्ञ को सेवा लिन हिचकिचाउनु हुदैन |
१. बेबी ब्लूज (Baby Blues)
यो अवस्था बिसेस गरि सुत्केरी भएको पहिलो हप्तामा सुरु हुन्छ | शरिरमा आएको सामान्य होर्मोन परिबर्तन ले यो समस्या आउछ | चिन्तित हुने , आत्मा विश्वास को कमि ,निरासा र सहयोग हिन महसुस गर्ने ,निद्रामा गडबडी ,अरुचि ,इच्छामा कमि आउने, बिना कारण दुखि महसुस हुने जस्ता लक्षण यो अवस्था का सूचक हुन | यो अवस्थामा परिवारको भूमिका बेसेस हुने गर्छ | यसको अतिरिक्त मानसिक स्वाथ्य परामर्स दाताको सहयोग यो अवस्थामा लिनु पर्छ |
२. सुत्केरी अवस्थामा देखिने डिप्रेसन (Postpatrum disorder)
डिप्रेसन सुत्केरी अवस्थामा देखिने अर्को मानसिक समस्या हो | यस समन्धी भएका अनुसन्धानले १० जना सुत्केरी महिला मध्ये १ जनामा यो समस्या हुने देखाऊछ | सामान्य प्रकारको डिप्रेसन परिवार कै पहलमा नि नियन्त्रण हुन सक्छ | कतिपय अवस्थामा यो १ वर्ष सम्म रहन्छ | तर समयमा नि यसको पहिचान भएमा छोटो समयमा नै यसलाई नियन्त्रण गर्न सकिन्छ | गर्भवती हुनु पहिले देखि नै डिप्रेसन छ र औसधिको प्रयोग गरिरहनु भएको छ भने तपाईले तुरुन्त बिज्ञको सहयोग लिनु पर्छ | कतिपय अवस्थामा सुत्केरी अवस्थामा गम्भीर किसिमको डिप्रेसन पनि हुन सक्छ | जसलाई सुत्केरी पछिको साइकोसीस (Post partum psychosis) भनिन्छ | यस्तो समस्या १००० सुत्केरी मा १ जनालाई मात्र हुने हुन्छ | सिजोफेर्निया,द्विध्रुवी डिसअडर (Biopolar Disorder) जस्ता समस्या भएको सुत्केरी महिलामा यो समस्या देखिन्छ |
यी लक्षण हरु देखिएमा चिकित्सकको सल्लाहमा मनोविज्ञको सल्लाह लिनु पर्छ |
– २ हप्ता भन्दा बढी समयसम्म दिक्क लागि रहने।
– रुन मन लाग्ने निराशा हुने,
– एक्लै वस्न रुचाउने। झर्को लाग्ने, दिक्क मान्ने
– बोल्न मन नलाग्ने।
– छटपटी हुने, छाती दुख्ने, पेट दुख्ने, हातखुट्टा झमझम गर्ने, पैतला पोल्ने, तालु पोल्ने, मुख सुक्ने। कति विरामीहरु विभिन्न प्रकारका अनौठा लक्षणहरु लिएर आउँने गर्छन्।
– आत्मग्लानी हुने, बारम्बार रुने ।
– भूत, वर्तमान र भविष्यबारे नकारात्मक सोचाई रहने।
– निदाउन गाह्रो हुने, निद्रा कम पर्ने, विहान चाँडै बिउझने।
– खानामा रुचि नहुने ।
– आफुलाई बेकम्मा सम्झने । टाउको दुख्ने, फूर्ती नआउने ।
– मर्न पाए हुन्थ्यो भन्ने। कसैकसैले आत्महत्याको प्रयास पनि गर्छन् र सफल पनि हुन्छन्।
– शंका लाग्ने र कानमा आवाज आउने पनि कसैकसैमा पाइन्छ ।
– बच्चालाई हानी भएको सपना बढी देखिने ,बच्चा प्रतिको अनेक चिन्ता
– आफु असल आमा हुन नसक्ने डर
बिदेशी भुमिमा बिसेस ध्यान दिनु पर्ने कुरा
• बिदेशी भुमिको बसाइ त्यसै पनि अलि तनाब पूर्ण हुन्छ तसर्थ यो बसाईको क्रममा हुने तनाब कम गर्न आफ्नो जीवनमा सकारात्मक कुराहरूको खोजि गर्नु पर्छ | सकरात्मक भावनाले मानसिक स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छ |
• हामी अधिकांस नेपालीलाई बिदेशीमा आएपछि काम नगरी हुदैन | श्रीमतीलाई एक्लै कोठामा छोडेर काम जाने गर्नु पर्ने हुन्छ | कतिपय अवस्था मा त श्रीमान श्रीमतीको भेट नै नहुने अवस्था आउछ | यो क्रमलाई काम गर्नु अत्यन्त अबसेक छ | समयलाई उचित रुपमा ब्यबस्थापन गरेर सकभर श्सुत्केरी अवस्थामा सकभर श्रीमान र घरका मनिसको साथमा रहने बाताबरण बनाउनु पर्छ |
• गर्भवती अवस्थामा गर्न हुने र नहुने काम हुनेहुदा कामको बारेमा आफ्नो चिकित्सक संग सल्लाह गर्नुहोस | बिदेशी भुमिका कतिपय काम तनाब पूर्ण हुन्छन् | बाध्यता भनेर ति काम लाई निरन्तरता नदिनु होस् | श्रीमानले पनि श्रीमतीले गर्ने काम कत्ति को तनाब पूर्ण छ ,जानकारी राख्नु होस् | यो अवस्थामा प्रसस्थ आराम गर्ने गर्नु होस् |
• आफ्नो भावनाहरू खुलस्त रुपमा राखने बाताबरण बनाउने गर्नु होस् | श्रीमान यो कुरा मा बेसेस ध्यान दिनु पर्छ | ब्यस्थ छु भन्ने श्रीमती को अगाडी आफ्नो कामको तनाबलाई प्रस्तुत गर्ने | सुत्केरी भार मलाई बढी छ भनि सधै पैसा को कुरा मात्र गर्ने नगर्नु होस् |
• किनमेल र घरको कामकाज जस्ता व्यावहारिक कामहरूमा श्रीमान श्रीमती ले मिलेर गर्नु ,एक ले अर्को को मदत माग्नु पर्छ |
• गर्भावस्था चिकित्सक को सल्लाह मा स्वस्थ आहारको प्रयोग गर्ने
• बिदेशी भुमि निकै ब्यस्थ हुने हुदा श्रीमान ले श्रीमती लाई समय दिन सजिलो नहुन सक्छ तर यो अबस्थ मा एक ले अर्को लाई समय दिनु निकै आबस्येक भएको ले ,समय निकालेर रमाइलो गर्न पछि पर्नु हुदैन | साझ दुवै जना घुम्न निस्कने , दुइ जना बसेर कुरा गर्ने , घर मा साथी हरु बोलाएर सानो जमघट गर्ने जस्ता बाताबरण बनाउनु पर्छ |
• मन मिल्ने साथी हरु सित घुम्ने ,कफी खाने बाताबरण बनाउने जस्तो बाताबरण बनाउन श्रीमान ले पनि पहल गरिदिने |
• भाषाको असुविधाका कारण आफ्नो कुरा गर्न गारो छ भने भाषा जान्ने साथी लिएर चिकित्सककोमा जाने गर्नुपर्छ | जापानमा अग्रेजी भाषा बोल्ने चिकित्सक पनि उपलब्द्य भएकाले अबसेकता अनुसार उनिहरुको सहयोग पनि लिन सकिन्छ |
• सुत्केरी अवस्था अथवा गर्भवती अवस्थामा कोठा सर्नु पनि खासै उपयुक्त नहुने हुदा सकभर विचार गर्नु पर्छ |

Leave a Reply

Top