You are here
Home > प्रवास > जापानको तोकिवा युनिभर्सिटीको कार्यक्रममा नेपाल बिशेष रहने

जापानको तोकिवा युनिभर्सिटीको कार्यक्रममा नेपाल बिशेष रहने

तोकिवा युनिभर्सिटीले आफ्नो सतवार्षिकी तथा तोकिवा युनिभर्सिटी सँग नेपालको मित्रता २० अौ बर्ष पुरा भएको अबसर पारेर आगामी अक्टोवर ७ तारिकका दिन आयोजना गर्न लागेको कार्यक्रममा उषा जापानको सकृयतामा नेपाल सम्बन्धी बिभिन्न बिषयलाई प्राथमिकता दिने भएको छ ।

कार्यक्रममा नेपालको छुट्टै बूथ रहने छ जस्मा नेपाली संस्कृति झल्काउने विभिन्न कृयाकलाप गरिनुका साथै जापानीहरुलाई नेपाली साडी लगाउन सिकाइने उषा जापानका कार्यक्रम ब्यबस्थापक कैलाश चन्द्र  ठाकुरले जानकारी दिनु भयो ।सोही अबसारमा नेपाल सम्बन्धी प्रदर्शनी गरिनुका साथै नेपाललाई चिनाउने बिशेष प्रस्तुती समेत रहेको ब्यबस्थापक ठाकुरले बताउनु भयो ।
निशुल्क स्वास्थ शिबिर रहेको उक्त कार्यक्रममा नेपाली विद्यार्थीहरुलाई बिशेष परामर्शको कार्यक्रम समाबेश गरिएको हुँदा धेरै भन्दा धेरै नेपालीहरुको सहभागीताको लागि आयोजकले अनुरोध गरेको छ ।

Leave a Reply

Top