You are here
Home > प्रवास > टोक्योमा हुने अन्तर्राष्ट्रीय नेपाली हाइकु सम्मेलनको तयारी पुरा

टोक्योमा हुने अन्तर्राष्ट्रीय नेपाली हाइकु सम्मेलनको तयारी पुरा

नेपाल हाइकु केन्द्रले अनेसास जापान च्याप्टरसँग मिलेर आगामी सेप्टेम्बर ३० तारिकमा जापानको टोक्यो शहरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रीय नेपाली हाइकु सम्मेलनको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । १५ वर्षअघि पहिलो पटक नेपालमा भएको उक्त सम्मेलनको दोस्रो संस्करण यही सेप्टेम्बर ३० तारिक यस पटक हाइकुको जन्मस्थलमा गर्ने निर्णय भएको नेपाल हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले जानकारी दिनुभएको छ । जापानका चर्चित हाइकु कविहरुले पनि नेपाली कविलाई साथ दिनुहुनेछ ।
‘कायक्रमको सम्पूर्ण तयारी भइसकेको छ । नेपालसहित बिभिन्न मुलुकका हाइकु लेखकलाई हामीले निम्त्याइसकेका छौं ।’ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका बरिष्ठ उपाध्यक्ष तथा कार्याक्रम संयोजक प्रकाश पौडेल ‘माइला’ले भानुभयो ‘हाइकुको जन्मस्थल भएका नाताले यसपटकको सम्मेलन जापानमा गर्ने योजना बनेको हो । नेपाली हाइकु लेखकलाई जापानी हाइकु लेखकसँग अनुभव आदान प्रदान गर्न पनि सम्मेलन जापानमा गर्न लागिएको हो ।’

कार्यक्रम नेपाल हाइकु केन्द्र र अन्तर्राष्ट्रिय नेपाल साहित्य समाजको संयुक्त ब्यानरमा हुनेछ । कार्यक्रमको तयारीको लागी प्रकाश पौडेल ‘माइला’ संयोजक र दीप पाठक सह संयोजक रहेको मुल आयोजक समिती गठन गरीएको छ । कार्यक्रम सफल पार्नको निम्ती झन्डै एक दर्जन उप-समितीहरु गठन गरेर तयारी गरिएको अनेसास जापानका अध्यक्ष समेत रहेका दीप पाठकले बाताउनु भयो।

पछिल्लो समय नेपालमा हाइकु साहित्य फस्टाउदो रुपमा छ । नेपाल हाइकु केन्द्रको नेतृत्त्व प्रा. रामकुमार पाडेले गर्नु भएको छ । भने हाइकुको जन्मथलो जापानमा बसेर प्रकाश पौडेल ‘माइला’ ले अबिछिन्न काम गरी रहनु भएको छ । बिगत १३ वर्षदेखि जापानमा ब्यवसाय रहनु भएका प्रकाश पौडेल नेपाली हाइकुका विकासकर्ता एबम खोजकर्ता मानिनुहुन्छ । उहा जापानी हाइनिज समूहमा प्रवेश पाउने पहिलो नेपाली कवी समेत हुनुहुन्छ । पौडेलको नेतृत्वमा नेपाली हाइकु म्यागेजिन तथा अनलाइन सामग्री नियमित प्रकाशन हुँदै आएको छ । गैरआवासीय नेपाली संघको साहित्य फाँटका सदस्य समेत रहेका पौडेल अर्को संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा प्रारम्भदेखि नै सक्रिय हुनुहुन्छ । गएको महिना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बरिष्ठ उपाध्यक्षमा उनी निर्विरोध निर्वाचित हुनुभएको हो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा विश्वभर छरिएर रहेको साहित्यिक सन्स्था हो ।
जापान सम्मेलनको क्रममा झन्डै एक दर्जन नेपाली हाइकुकृती को बिमोचन गरिनेछ भने रामकुमार पाडे र प्रकाश पौडेल ‘माइला’ ले अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गर्नु हुनेछ । कार्यक्रमको मुख्य आकर्षणको रुपमा प्रसिद्द जापानी हाइकु कविहरुको सहभागिता हुनेछ । नेपाली र जापानी कविहरु बिचको सहकार्य शुरुवात भइसकेको छ । अनेसास जापानका सन्स्थापक अध्यक्ष डा. कुमार बस्नेतले भन्नु भयो ‘ यो क्रम अब झन बढ्दै जानेछ । वहाँले भन्नु भयो ।
सम्मेलनमा नेपाल बाट रामकुमार पाँडे, अश्विनी कोइराला, प्रभा बराल, विजयराज आचार्य, शिरोमणि दवाडी र किरण पौडेल तथा बेलायतबाट कृष्ण बजगाईँको सहभागिता हुनेछ ।

Leave a Reply

Top