स्याङ्जाकि अनितालाई आर्थिक सहयोग हस्तान्तरण । खुसी बाँडे खुसी बढ्छ समाचार December 20, 2021December 20, 2021 एन आर एन ए क्षेत्रीय समीती नागोया र स्याङ्जा समाज जापानको सहकार्यमा NRNA क्षेत्रीय समिति नागोया द्वारा बहु अपाङ्गता भएकि अनिता सिग्देल लाई आर्थिक सहयोग हस्तान्तरण गरिएके छ। स्याङ्जा जिल्ला हरिनास गा .पा . वडा नं . ३मग्याम चिसापानी निवासी विपन्न परिवारकी बहु अपाङ्ग भएकी अनिता सिग्देलको नियमित उपचार र जीविको पार्जनका निमित्त एन आर एन ए जापान क्षेत्रीय समीती नागोया र स्याङ्जा समाज जापानको सहकार्यमा एन आर एन ए जापान क्षेत्रीय समिति नागोयाका सदस्य मित्र लाल सिग्देल ज्यूको संयोजकत्वमा सञ्चालित अभियानबाट सङ्कलित रकम दुई चरणमा गरि जम्मा रु . २४७२००(अक्षरूपी दुईलाख सच्चालीस हजार दुईसय) सिग्देल बन्धु प्रतिष्ठान नेपाल चिसापानी इकाईको सामूहिक कुल पूजाको पावन अबसरको दिन पारी हरिनास गा .पा वडा अध्यक्ष, सिग्देल बन्धु प्रतिष्ठान नेपाल चिसापानी इकाई अध्यक्ष, समाजसेवी, बुद्धिजीवी लगायत स्थानीयको उपस्थितिका बिच एन आर एन ए क्षेत्रीय समिती नागोया जापानका उप–संयोजक कुसल पौडेल ज्यू साथै स्याङ्जा समाज जापानका महा–सचिव वेद कार्की ज्यू मार्फत निजको परिवारलाई सङ्कलित आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको एन आर एन ए क्षेत्रीय समिती नागोया जापानका सचिव विष्णु कार्कि ले जानाकारि दिनुभयो । एन आर एन ए क्षेत्रीय समिती नागोया जापानका सदस्य साथै विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका मित्र लाल सिग्देल को विशेष पहलमा उक्त रकम संकलन भएको हो । सहयोग अभियानमा जोडिनु हुने सम्पूर्ण मनकारी भगवानरुपी सहयोगी दाता हरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दै यो सानो सहयोगले अनिता को परिवारमा राहतको अनुभूति गराउनेमा आशावादी रहेको कुरा व्यक्त गर्दै समन्वयकारी भूमिका निर्वाह गर्नुहुने आदरणीय समाजसेबी टीकाराम सिग्देल शिक्षक लेखनाथ सिग्देल साथैअभियान संयोजक मित्र सिग्देल प्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो । अभियान मार्फत उठेको जम्मा रकम जापानी एन २३७०७७ जसको नेपाली सटही रुपैयाँ २४७१७९.०० मध्ये मिति २०२१ नोभेम्बर १० मा रू५००००.०० उपचारका लागि हस्तान्तरण भएको र बांकी रु१९७१७९.०० मा रु २१.०० थप गरि जम्मा रु २४७२००.०० २०२१डिसेम्बर १९ तारिक (पौष ४ गते ) हस्तान्तरण सम्पन्न गरिएको एन आर एन ए क्षेत्रीय समिती नागोया जापान ले जानाकारि दिनुभयो ।