You are here
Home > प्रवास > नेपाली जनप्रगतिशील मंच जापान ,कान्साइ क्षेत्रीय समितिको अध्यक्षमा प्रकाश गैरे

नेपाली जनप्रगतिशील मंच जापान ,कान्साइ क्षेत्रीय समितिको अध्यक्षमा प्रकाश गैरे

नेपाली जनप्रगतिशील मंच कान्साइ क्षेत्रीय समितिको आगामी कार्यकाल २०२१-२०२३ को लागि प्रकाश गैरेको अध्यक्षतामा २६ सदस्यीय नव निर्वाचित कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा कुलबिर थापा, नारायण थापा, सुनिल श्रेष्ठ, आङबाबु लामा, भक्त सापकोटा र महिला उपाध्यक्षमा रत्ना मरासिनी चयन भएको निर्वाचन समितिका संयोजक गौरीशंकर गैरे रामले जानकारी गराए ।
संयोजक गैरेका अनुसार निर्वाचित कार्यसमितिको सचिवमा दिलिप राना मगर,सह-सचिवमा राम कटुवाल दिनेश गैरे कोषाध्यक्षमा रामु सापकोटा सह- कोषाध्यक्षमा लेमनसिंह बस्नेत निर्वाचित भएका छन ।

त्यसैगरि सदस्यहरूमा प्रकाश थापा, नारायण भण्डारी, कमल परियार, युवराज गुरुङ, नरेश सुनार र युवराज सुनार निर्वाचित भएका छन ।
निर्वाचित हुने अन्य सदस्यहरूमा गिरीप्रसाद दर्लामी, थमबहादुर दर्लामी, ज्ञानेन्द्र सापकोटा, ताराप्रसाद सापकोटा, नेगप्रसाद गैरे, लोक मरासिनी, लक्ष्मण केसी, देव सापकोटा केसी र हरि भण्डारी रहेका छन भने ५ सदस्य पछि थप गरिने बताईएको छ ।

पन्चेबाजाको तालसंगै सम्पन्न भयो नेपाली जनप्रगतिशील मंच जापान,कान्साइ क्षेत्रीय समितिको अधिवेशन

मानिसहरू भित्र बाहिर गरिरहेका थिए, कोही पाहुनाहरूको स्वागतमा लागिरहेका थिए त, कोहि मंच व्यवस्थापनका लागि खटिरहेका त कतै पन्चेबाजाको धुनले ठूलो उत्सवको झल्को दिइ रहेको थियो । मंचमा झुण्डिरहेको ठुलो ब्यानर लेखिएको थियो “सम्पूर्ण प्रवासी नेपाली एक हौ”
मंचमा लहरै अतिथिहरू बसेका छन, उद्घोषकले कार्यक्रमको सुरुवात गर्दै नेपालको सामाजिक,राजनैतिक परिवर्तन गर्न आफ़नो प्राण आहुति दिने शहिदप्रति मुठी उठाएर श्रद्धानजली अर्पण गर्दा विगतको नेपालका क्रान्तिकारी प्रगतिशील राजनैतिक दलले गरेको भव्य कार्यक्रम भन्दा कमि थिएन ।
नेपाली जनप्रगतिशील मंच जापानले आफ़नो महाधिवेशन डिसेम्बर १२ मा टोकियोमा सम्पन्न गर्नुअघि आफ़ना क्षेत्रीय समितिका अधिवेशन गर्ने क्रममा सोमबार कान्साइ क्षेत्रको अधिवेशनका सन्दर्भमा उक्त दृश्य देखिएको हो ।

कान्साइ क्षेत्रमा नेपाली जनप्रगतिशील मंचप्रति त्यहा रहेको प्रकाश गैरेको नेतृत्वको समितिले देखाएको सक्रियता र यहाँ रहेका नेपाली दाजुभाइ दिदीबहिनीले संगठनप्रति गरेको विश्वासका कारण अन्य क्षेत्रको तुलनामा र उत्साहपूर्ण र सबैको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको मंचलाई विस्तार गर्न सक्रियतापूर्वक लागेका दिलिप कंडेलले बताए ।
नेपालको राजनैतिक परिवर्तनमा नेकपा माओवादीको मुख्य भूमिका रहेको र त्यों आन्दोलन र जनयुद्दमा आफ़नो सक्रिय भूमिका निर्वाह गरेका सार्थक त्यस आन्दोलन र माओवादीको राजनैतिक विचारधाराप्रति आस्था, विश्वास र भरोसा गर्ने ठुलो पङ्ति हाल यस क्षेत्रमा रहेका र उनीहरूलाई समेट्न सकिएकोले अधिवेशन भव्यतापूर्वक सम्पन्न भएको गौरी सापकोटाको भनाइ छ ।
कान्साइ क्षेत्रमा रहेका नेपाली समुदायका विभिन्न सामाजिक संघ संस्था र समाजका अधिकांश प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको सो अधिवेशनमार्फ़त नेपालका राजनैतिक दलहरूलाई परिवर्तित एजेण्डाको मुख्य हकदार माओवादी नै रहेकोले संबिधान सभामार्फ़त जारी गरिएको सम्विधानको रक्षा र उपलब्धिको संरक्षणका लागि सबै परिवर्तनकारी शक्तिको सम्भव रहे एकता नत्र कार्यगत एकता गरेर अघि बढ़ने सन्देश दिन सकिएको गौरीशंकर गैरेले बताए ।
अधिवेशनको आतिथ्यता गर्न पुगेका मंचका पदाधिकारी र ज़िम्मेवार व्यक्तित्वहरूले कान्साइ लगायतका सम्पन्न क्षेत्रीय समितिका अधिवेशनले जापानमा मंच फेरी एकपटक जुरमुराएकोमा खुशी व्यक्त आफ़नो दरोसँग प्रभाव राख्नका लागि सबैमा एकताको सन्देश जाने गरि हरेक क्रियाकलाप गरिनुपर्ने आवश्यकतामाथि जोड दिए ।
कार्यक्रममा प्रवास समन्वय समिति पूर्वी एसियाका संयोजक हर्क थापाले प्रवासमा रहेका हामी नेपालीहरूले नेपालको राजनीतिमा समेत महत्वपूर्ण प्रभाव राख्न सक्ने हैसियत बनाउनका लागि संगठन विस्तारलाई बढ़ाव दिइ आपसी सत्भाव र आत्मीय एकताको आवश्यकता रहेको बताऊदै त्यस दिशामा आफ़ना गतिविधि केन्द्रित गर्न आग्रह गरे ।
कार्यक्रममा बोल्ने अन्य वक्ताले प्रवासमा रहेका नेपालीको हकहितमा मंचका कार्यक्रमलाई केन्द्रित गर्दै परिवर्तनकामी संगठन नेपाली जनप्रगतिशील मंचमा सम्पूर्णलाई समेट्ने गरि कार्य गर्नका लागि योजना र कार्यनीति बनाउन आग्रह गरेका थिए ।
यसरी बोल्नेहरूमा प्रवास समन्वय समिति पूर्वी एसियाका सदस्य भवानी पन्त, रामहरि पुडासैनी, मंचका राष्ट्रिय अध्यक्ष हवलचन्द्र लामा, सचिव सालिकराम भण्डारी, पूर्व अध्यक्ष मोहन खत्री, कान्साइ इंचार्ज श्रवण सत्याल र नागोया क्षेत्रीय समिति सदस्य रंजित गौतम रहेका थिए ।

कान्साइमा रहेका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले मंचले प्रवासी नेपालीको समस्यामा सहकार्य गर्न र हकअधिकारको बारेमा बुलन्द आवाज़ उठान गर्न आग्रह गर्दै अधिवेशन सभ्य र भव्यरूपमा सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा एनआरएनए आइसीसी सदस्य तुलसीराम खरेल, नेपाली जनसम्पर्क समिति जापानका हरि कंडेल, एनआरएनए कान्साइ क्षेत्रीय समिति संयोजक दिलिप शर्मा, प्रवासी नेपाली एकता मंच ओएनएफका उपाध्यक्ष मुक्तिराम खरेल र नेपाली एकता समाज जापानका अध्यक्ष यामलाल सापकोटाले बोलेका थिए ।
कार्यक्रममा नेपाली पन्चेबाजासहित कलाकारहरूबाट मनोरनजनसहित क्रान्तिकारी गीत संगीत प्रस्तुत गरिएको थियो । साथै कान्साइ क्षेत्रीय समितिलाई सहयोग र योगदान पुर्याऊने विभिन्न व्यक्तित्वहरूलाई कदर पत्रद्वारा सम्मानसमेत गरिएको थियो ।
कार्यक्रम क्षेत्रीय समयोजक प्रकाश गैरेको अध्यक्षता र दिलिप राना मगरको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Top