You are here
Home > प्रवास > व्लड क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारार्थ एनआरएन कान्साइद्वारा १ लाख ४२ हजार रुपिंया सहयोग प्रदान

व्लड क्यान्सर पीडित पत्रकार कमल पौडेलको उपचारार्थ एनआरएन कान्साइद्वारा १ लाख ४२ हजार रुपिंया सहयोग प्रदान

गैरआवासीय नेपाली संघ (एनआरएन) जापान, कान्साइ क्षेत्रीय समितिले पत्रकार कमल पौडेलको उपचारका लागि संकलन गरेको नगद १ लाख ४२ हजार रुपैया दीपश्री क्रिएटिभ मिडिया मार्फत उहाकी पत्नी अम्बिका पौडेललाई हस्तान्तरण गरेको छ।

संचारकर्मी पुरुषोत्तम लामिछानेको अनुरोधमा एनआरएन कान्साइले संकलन गरेको रकम एनआरएन कान्साइका कोषाध्यक्ष बिष्णु सापकोटाको सहयोगमा नेपाल पठाइएको थियो । सो रकम दीपश्री क्रिएटिभ मिडियाका निर्देशक दीपक लामिछानेले पत्रकार पौडेलको उपचार भै रहेको सिभिल अस्पताल काठमाडौंमा पुगेर हस्तान्तरण गर्नु भएको हो।

एनआरएन कान्साइका सन्योजक कृष्ण गैरेले बिगत २ दशक भन्दा लामो समय देखी नेपाली पत्रकारिताको क्षेत्रमा अनवरत योगदान पुर्याउदै आउनु भएका पत्रकार कमल पौडेल अस्वस्थ हुनु भएको समाचारले आफुहरु चिन्तित भएको भन्दै शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ।एनआरएन जापानका सल्लाहाकार नरेन्द्र बस्नेतले पत्रकार कमल पौडेललाई उपचार पछी छिट्टै सन्चार माध्यममा देखिने विश्वाश ब्यक्त गर्नु भएको छ ।
दुखको क्षणमा आफुलाई सहयोग गरी माया देखाएकोमा पत्रकार पौडेलले एनआरएन कान्साइ तथा जापानवासी नेपालीहरुमा हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

पत्रकार पौडेललाई एन आर एन कान्साइ मार्फत सगयोग गर्नुहुने महानुभाब हरुको नामावली यस प्रकार छ ।

Leave a Reply

Top