You are here
Home > समाचार > विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन सांसद पन्तको माग

विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिन सांसद पन्तको माग

राष्ट्रियसभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिन माग गर्नुभएको छ ।
राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनु पर्ने बताउनुभएको हो ।
उहाँले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भुमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गर्नुभयो ।
मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उहाँले विदेशीएका नेपालीहरूले सो अधिकार गुमाइरहेका बताउनुभयोउहाँले किसानहरूलाई मलको अभाव भएकाले सरकारले तुरुन्त मलको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Top