You are here
Home > समाचार > इलाममा चिया टिप्न र प्रशोधन गर्नका लागि किसानहरुलाई तालिम

इलाममा चिया टिप्न र प्रशोधन गर्नका लागि किसानहरुलाई तालिम

काठमान्डौँ । इलाममा १२ सय किसानलाई चियाको गुणस्तर कायम गर्ने गरी चिया टिप्न र प्रशोधन गर्नका लागि तालिम दिइएको छ । वर्षायामको चिया टिप्नका लागि किसानको आकर्षण बढेको छ ।
अहिले इलाममा वर्षायामको चिया टिप्न सुरू गरिएको छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द भएको इलाममा अहिले भने चियाको टिपाइ र प्रशोधनको काम धमाधम भइरहेको छ ।
जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द भएको इलाममा अहिले चियाको टिपाइ र प्रशोधनको काम धमाधम भइरहेको हो । तर यहि सिजनमा चियाको गुणस्तरीय टिपाई नभएपछि चिया तथा कफि विकास बोर्डले गुणस्तरीय चिया टिपाईबारे किसानलाई तालिम समेत दिन थालेको छ ।

बोर्डले जिल्लाका चिया किसानलाई चिया काट्ने तालिम समेत दिएको थियो । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले प्रयोगात्मक रुपबाटै चिया किसानलाई गुणस्तरीय टिपाईबारेको तालिम प्रदान गरिएको बताउनुभयो । चियाको लागि धेरै कार्याक्रम भए तर उद्योग लक्षित कार्यक्रम भएका कारण चिया कृषकले केही जानकारी नपाएकाले बोर्डले चरणवद्ध रुपमा किसान लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।

Repoternepal

किसानलाई चियाको छाँटकाँट, गोडमेल तथा मलपानी लगाउने बारे बोर्डले चरणबद्ध रुपमा तालिम प्रदान गर्दै आएको हो । यस कार्यक्रमले किसानहरूको चियाको गुणस्तरको विकास गर्न सकिने र बजारीकरणमा समस्या नहुने अपेक्षा लिइएको छ । इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती फैलिएको छ ।

चिया छाँटकाँट नमिलाउँदा उत्पादन र गुणस्तर दुवै राम्रो नहुने भएकाले यो कार्यक्रम किसानसँग प्रत्यक्ष सञ्चालन हुने भएकाले फलदायी हुने अपेक्षा समेत गरिएको छ ।इलाममा चिया टिप्न र प्रशोधन गर्नका लागि किसानको आकर्षण बढ्यो

बोर्डले जिल्लाका चिया किसानलाई चिया काट्ने तालिम समेत दिएको थियो । चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले प्रयोगात्मक रुपबाटै चिया किसानलाई गुणस्तरीय टिपाईबारेको तालिम प्रदान गरिएको बताउनुभयो । चियाको लागि धेरै कार्याक्रम भए तर उद्योग लक्षित कार्यक्रम भएका कारण चिया कृषकले केही जानकारी नपाएकाले बोर्डले चरणवद्ध रुपमा किसान लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।

किसानलाई चियाको छाँटकाँट, गोडमेल तथा मलपानी लगाउने बारे बोर्डले चरणबद्ध रुपमा तालिम प्रदान गर्दै आएको छ । यस कार्यक्रमले किसानहरूको चियाको गुणस्तरको विकास गर्न सकिने र बजारीकरणमा समस्या नहुने अपेक्षा लिइएको छ । इलाममा तीन हजार तीन सय ९३ हेक्टरमा चिया खेती फैलिएको छ ।

चिया छाँटकाँट नमिलाउँदा उत्पादन र गुणस्तर दुवै राम्रो नहुने भएकाले यो कार्यक्रम किसानसँग प्रत्यक्ष सञ्चालन हुने भएकाले फलदायी हुने अपेक्षा समेत गरिएको छ ।

Leave a Reply

Top