You are here
Home > विविध > जन्मदिनको अवसर पारेर बस्नेत द्वारा बिधालयलाई ल्याप्टप हस्तान्तरण

जन्मदिनको अवसर पारेर बस्नेत द्वारा बिधालयलाई ल्याप्टप हस्तान्तरण

उदयपुर। चौदण्डिगढी नगरपालिका-६, शिर्वानीका नरेन्द्र बस्नेत (दिनेश) ले नगर कै वडा नं. २ स्थित सिंहदेवी माध्यमिक बिधालयलाई आफ्नो जन्मदिनको अवसर पारेर एक थान ल्यापटप उपलब्ध गराउन भएको छ।
बिगत लामो समय देखी जापानमा बस्दै आउनु भएका नरेन्द्र बस्नेतले नेपाल बिदामा आएको समय संगै आफ्नो जन्मदिनको अवसर पारेर बुधबार बिधालयमै पुगेर ल्यापटप हस्तान्तरण गर्नु भएको हो।
सहयोग हस्तान्तरण कार्यक्रम बिधालयका ब्यबस्थापन समितीका अध्यक्ष दिपेन्द्र सापकोटाको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा सहयोग हस्तान्तरण गर्न पुग्नु भएका बस्नेतको धर्मपत्नी रन्जना बस्नेत, भान्जा आदर्श राउत, कृष्ण खड्का, दिनेश बिष्ट लगायतको उपस्थिति रहेको थियो भने बिधालयको तर्फबाट बिधालय ब्यबस्थापन समितिका पदाधिकारीहरुको उपस्तिथि रहेको थियो।
बिदेश रहदा होस वा स्वदेश रहदा होस बस्नेत समाजिक कार्यमा अग्रसर रहने ब्याक्ती हुन। बिगातमा कोरोन महामारीको बेला समेत बस्नेतले ईलाका प्रहरी कार्यालय बेल्टारलाई मास्क, सेनिटाइजर, ग्लबस बितरण गरेका थिए भने चौनपा ६ को कालिका माध्यमिक बिधालयलाई ३ कोठे भवन उपलब्ध गराएर सहयोग गरेका थिए।
सहयोगी बस्नेत रोजगारीका सिलसिलामा लामो समयदेखि जापानको ओसाकामा कार्यरत छन् । बस्नेत एनआरएन जापानका निबर्तमान सल्लाहकार समेत हुन्।

Leave a Reply

Top