टोकियोमा हुने बार्हौं नेपाल फेस्टिवलको तयारी तिब्र,स्टल वितरण सम्पन्न प्रवास June 28, 2022June 29, 2022 १४ असार,काठमान्डौ। जापानमा जुलाई महिनाको ३० र ३१ तारिख राजधानी टोकियोको नाकानोमा आयोजना हुन लागेको नेपाल फेस्टिवलमा राखिने स्टल वितरण सम्पन्न भएको छ ।राजधानी टोकियोमा आइतबार एक कार्यक्रम आयोजना गरि आयोजक गैर आवासिय नेपाली संघ जापानले गोला प्रथाद्धारा स्टल बाँडफाँड गरेको हो ।जस अन्तर्गत खाद्यान्नका रेष्टुरेण्टहरुको १७ वटा स्टल छुट्याइएको छ ।यस बाहेक नेपाली सेवा प्रदायक कम्पनीहरुका १८ वटा स्टल रहने भएको छ । छुट्याइएको स्टल शतप्रतिशत तोकिएकै समयमा वितरण भएर थप माग भएकोमा उपलब्ध गराउन नसकिएको एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो । स्टल पाउनुभएका सबै कम्पनीहरुले नियमानुसार परिपालना गर्ने प्रतिबद्धता जनाएको बताउँदै लामिछानेले सोही अनुसार एनआरएनए जापानले समेत फेस्टिवल अवधिमा निरिक्षण गर्ने जनाउनुभयो ।नेपाल फेस्टिवल स्थलमा एनआरएनए जापानले स्वास्थ्य परामर्श शिविर पनि संचालन गर्ने भएको छ । दुवै दिन रहने स्वास्थ्य शिविरस्टलबाट सामान्य स्वास्थ्य सम्वन्धि जानकारीहरु लिन सकिने बताइएको छ । यस बाहेक एनआरएनए जापान मार्फत जापानमा रहेका दर्जनौं नेपाली विद्यार्थीहरुलाई बर्षेनी नगद छात्रबृत्ती उपलब्ध गराउँदै आएको आएचएनओले स्टल राखेर विद्यार्थीहरुको लागि अध्ययन सहित रोजगार लगायत विषयमा जानकारी उपलब्ध गराउने भएको छ ।नेपाली भेषभुषा, बाजागाजा, कला, मौलिकता, पर्यटन सहित नेपाली खाना झल्कनेगरि एतिहासिक रुपमा सफल बनाउन नेपाली राजदूतावास जापान र एनआरएनए जापानको संयुक्त आयोजनामा १२ औं नेपाल फेस्टिवल टोकियोको नाकानोमा हुन लागेको हो । फेस्टिवल सफल बनाउन एनआरएनए जापानले विभागिय समिति गठन गरेर तिब्र रुपमा तयारी र कामहरु गरिरहेको छ ।