एन आर एन जापानको केन्द्रीय सदस्य पदको लागि दिलिप कंडेलको उम्मेदवारी घोषणा प्रवास समाचार June 19, 2021 जापानको कान्साइ क्षेत्रमा बिभिन्न सृजनशील कार्यहरु गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल स्टार ग्रुपका निबर्तमान अध्यक्ष तथा हालका संरक्षक दिलिप कंडेलले आगामी २०२१-२०२३ कार्यकालको लागि एन आर एन जापानको केन्द्रीय सदस्य पदको लागि उम्मेदवारी घोषणा गर्नु भएको छ । २००६ सलमा जापान प्रबेश गर्नु भएका कंडेल २०१० साल देखी एन आर एन कान्साइको बिभिन्न गतिबिधिमा संलग्न रहदै आउनु भएको छ ।गलकोट समाज जापानका केन्द्रिय सदस्य समेत रहनु भएका कंडेल हाल एन आर एन कान्साइका मानर्थ सदस्य हुनुहुन्छ । बिभिन्न सामाजिक कामहरुमा अग्रसर कंडेल आफुले प्राप्त गरेको अनुभब एन आर एन जापानलाई एक उत्कृष्ट सामाजिक संस्था बनाउनकालागी महत्वपूर्ण हुने बताउनुहुन्छ।संस्थाको बिकास र कानुन तथा बिधान सम्मत तरिकाले अगाडि बढाउन पहरेदारी गर्न आफुले उम्मेदवारी घोषणा गरेको कंडेलले दीप्श्री अन्लाइन लाई बताउनुभयो।