You are here
Home > प्रवास > एन आर एन कान्साइले जनावरी १ मा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको तयारी पुरा,अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भब्य रुपमा मनाइने

एन आर एन कान्साइले जनावरी १ मा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको तयारी पुरा,अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भब्य रुपमा मनाइने

नेपाली पहिचान बोकेको राष्ट्रीय टोपी दिबस तथा अंग्रेजी नयाँ बर्षको अबसरमा नेपालको बिकट तथा ग्रामीण क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ एनआरएन कान्साइले नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको साथमा जनवरी १ तारिक ओसाकाको हिल्टन होटलमा गर्न लागिरहेको भव्य सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको बताएको छ ।
बिगत बर्षहरुमा जस्तै यस बर्ष पनि अंग्रेजी नयाँ बर्षको अबसर पारेर एन आर एन कान्साइले २०१९ जनावरी १ का दिन कान्साइको ओसाका(उमेदा)मा रहेको होटल हिल्टनमा भब्य सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो ।
दिउसो ४ बजे देखी संचालन हुने उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरु हेमन्त शर्मा र प्रिती आले संगै स्थानिय कलाकारहरुले तहल्का मच्चाउने कार्यक्रम संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनु भयो।

उक्त दिन नेपालीको सान र पहिचान बोकेको “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” सम्भाबना भएसम्म ढाका टोपी लगाइ उपस्थित भै हाम्रो आफ्नो पहिचान झल्काई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसलाई भब्यताका साथ सफल पार्न सहयोग गरिदिनु हुन एन आर एन कान्साइका संयोजक प्रेम प्रसाद कंडेलले अनुरोध गर्नु भएको छ।

“अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस”अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भब्य रुपमा मनाइने

एन आर एन कान्साइले नेपाली पहिचान बोकेको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भब्य रुपमा मनाउने भएको छ ।बिगत केही बर्ष देखी नागरिक स्तरबाट मनाउन थालिएको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसम १ जनवरी २०१९ मा सांस्कृतिक कार्यक्रम सहित अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन लागेको हो । आफ्नो पहिचान बोकेको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अबसरलाई सांस्कृतिक कार्यक्रम संगै मनाउन पाउनु आत्म गौरबको कुरा भएको एन आर एन जापानका सल्हाकार नरेन्द्र बस्नेत दिनेशले बताउनु भयो ।

सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा एक सार्वजनिक पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रुपमा जनवरी १ लाई “अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस” र नेपाली टोपी लगाउने दिन भनि सबैलैलाई नेपाली टोपी लगाउन आह्वान गरि यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो | उक्त सामाजिक संजालका सस्थापकहरु द्वय सस्थापक द्वय डा. लेखनाथ काफ्ले, ताइवान र शंकर बन्जाडे रहेका छन् । “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिको हो । त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ ।

नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश / स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत केहि बर्ष देखि स्वस्फूर्तरुपमा जागरुक युवा अभियान, नेपाल लगायत बिभिन्न समुह, सस्था र व्यक्तिहरुले देश तथा बिदेशमा नेपालले टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् ।

नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति -जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो ।

१ जनवरीका दिन आ-आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाई, फोटो खिचेर नेपाली टोपी दिवसको फेसबुकमा र आफ्नो आफ्नो सामाजिक संजालमा शेयर गर्ने पनि गरिन्छ ।

यो अभियानको मूल उद्देश्य “नेपाली / गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ “ भन्ने रहेको छ ।

Leave a Reply

Top