गैरे सेवा समाज जापानको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा भुमप्रसाद गैरे निर्वाचित प्रवास June 29, 2022June 29, 2022 –दीपश्री अन्लाईन,कान्साइ,जापन । गैरे वन्धुहरूलाई एकताबद्ध बनाउदै सामाजिक कार्य गर्ने पवित्र उदेश्य २०११ मा स्थापना भएको गैरे सेवा समाज जापानको पाचौं अधिवेशनबाट भुमप्रसाद गैरे सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित भएका छन ।एनआरएनए आईसिसि सह-कोषाध्यक्ष टंक गैरेको प्रमुख आतित्थ्यतामा,संरक्षक द्धय नेत्रप्रसाद गैरे(राजु) र झम्पलाल गैरेले कार्यक्रमको उदघाटन गरी अघि बढेको थियो ।उक्त कार्यक्रममा निबर्तमान एनआरएन आईसिसि सदस्य तुलसिराम खरेल,संस्थापक अध्यक्ष आत्माराम गैरे एनआरएन जापानका कोषाध्यक्ष कृष्ण शर्मा गैरे, एनआरएन जापानका सदस्य दिलिप कंडेल,एनआरएन क्षेत्रिय समिति कान्साइका संयोजक दिलिप शर्मा,सल्लाहकार दिलीप शर्मा गैरे (ओमप्रकाश )सल्लाहकार प्रेम प्रसाद गैरे लगायतले मन्तब्य राख्नुभएको थियो । सोमबार जापानको ओसाकामा सम्पन्न अधिवेशनबाट तीन वर्षे कार्यकालको लागि २१ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भीमप्रसाद गैरे उपाध्यक्षमा गौरीशंकर गैरे, चेतराम गैरे, खिमप्रसाद गैरे र भवनाथ गैरे निर्वाचित भएको अध्यक्ष भुमप्रसाद गैरेले जानकारी दिए ।बाकी सदस्य पछी मनोनयन गरिने महासचिव श्यामलाल गैरेले जानकारी दिए। कार्यसमितिको महासचिवमा श्यामलाल गैरे, सचिव लक्षमण गैरे(कोलामाथि), मदन गैरे र तेजिन्द्र गैरे, कोषाध्यक्ष भूमनाथ गैरे, सह-कोषाध्यक्ष लक्षमण गैरे(चिनारी), युवा संयोजक प्रकाश गैरे, लेखा समिति संयोजक रबि गैरे र महिला संयोजक भावना गैरे निर्वाचित भएका छन ।निर्वाचित हुने सदस्यहरूमा डिलाराम गैरे, विराज गैरे, नेत्रप्रसाद गैरे, सुजन गैरे र निरज गैरे रहेका छन ।संस्थाका महासचिव श्यामलाल गैरेले संचालन गरेको कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष चेतराम गैरेले प्रस्तुत गरेका थिए । कार्यकाललाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण गैर दाजुभाई,दिदी-बहिनी ,कार्यसमिती तथा उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै २०२२-२०२५ कार्यकालका लागि निर्वाचित कार्यसमितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सभापति डिला राम गैरेले कार्यक्रम समापन गर्नुभएको थियो।