You are here
Home > समाचार > देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

१४ असार,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मंगलबार दिउँसो मन्त्रिपरिषद बैठक बोलाउनुभएको छ ।मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर, मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन । त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ ।मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने गर्छ ।

Leave a Reply

Top