You are here
Home > प्रवास > जनसंपर्क समिति कान्साइको सभापतिमा ऋषिराम सापकोटा सर्वसम्मत चयन

जनसंपर्क समिति कान्साइको सभापतिमा ऋषिराम सापकोटा सर्वसम्मत चयन

नेपाली कांग्रेसको प्रवासी संगठन जन सम्पर्क समिति जापान अन्तर्गतको कान्साई क्षेत्रीय समितिको तेस्रो अधिवेशन अक्टोवर महिनाको १६ तारिक ह्योगो स्थित नानामाचु च्यो आमागासाकी ३-१२-१२ मा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा ऋषिराम सापकोटालाई सभापतिको चयन गरेको छ भने उप सभापतिमा तोयानाथ रिजाल र वेद प्रसाद कंडेललाई सर्वसम्मत चयन गरिएको छ। यसैगरी सचिवमा भावना गैरे, कोषाध्यक्षमा डिलाराम सापकोटा,सह सचिवमा यदु मणी सापकोटा,सह कोषाध्यक्षमा लक्ष्मण सापकोटा रहनुभएको छ। सदस्यहरुमा केशव सापकोटा, दीपेन्द्र गैरे, खगराज कडेल, तिलक कार्की, एकराज कटवाल र सुरज खरेललाई चयन गरिएको छ। दुईजना सदस्य भने कार्यसमितिले पछि चयन गर्नेछ।
जनसंपर्क समिति जापानका कार्यवाहक सभापति पिताम्बर चापागाई प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रमको विशेष अतिथिमा जनसंपर्क समिति जापानका सल्लाहकार आत्माराम शर्मा, एनआरएनए निवर्तमान आइसीसी सदस्य तुलसीराम खरेल,एनआरएनए जापानका सल्लाहकार नरेन्द्र बस्नेत दिनेश, समाज सेबीहरु महेश कुमार कटुवाल  दिलिप शर्मा लगाएतका  अतिथी हरुको उपस्थिती रहेको थियो भने निर्वाचन केन्द्रिय प्रतिनिधीको रुपमा प्रेम प्रसाद काडेल उपस्थिति रहेको थियो।कार्यवाहक सभापति ऋषिराम सापकोटाको सभापतित्वमा सम्पन्न भएको भेलाको सञ्चालन कृष्ण सुवेदीले गर्नुभएको थियो।

हरि प्रसाद कंडेल संयोजक रहनुभएको निर्वाचन समितिमा कृष्ण शर्मा गैरे र कृष्ण सुवेदी सदस्य रहनु भएको थियो ।

Leave a Reply

Top