You are here
Home > प्रवास > एनआरएनए जापानको अध्यक्षमा ओशाका बाट बस्नेतको उम्मेद्वारी घोषणा

एनआरएनए जापानको अध्यक्षमा ओशाका बाट बस्नेतको उम्मेद्वारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ।यसै क्रममा वर्तमान कार्यसमितिका सल्लाहाकार एबम ओशाकामा रहेर एन आर एन अभियानमा क्रियाशील नरेन्द्र कु.बस्नेत(दिनेश)ले २०२१-२०२३ कार्यकालको लागि अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन् । बस्नेतले उम्मेद्वारी घोषणा गर्दै छानबीन समितिको प्रतिबेदन र केही बिबादित घटनाक्रमले जनमानसमा एनआरएनए जापानको छवि केहि धमिलिएको अवस्थामा जापानवासी नेपालीको सुख-दु:खमा अभिभावक भएर साथ दिन सक्ने गरि संस्थालाई परिस्कृत गर्दै एनआरएनएको साख बढाउने गरि आफू अगाडि बढेको र जापानवासी नेपाली र राष्ट्र हित सँग सम्बन्धित हरेक कुरालाई आफुले प्राथमिकता दिने बताएका छन् । सन् २००६ मा कान्साई क्षेत्रीय समितिको संस्थापनमा बिषेश भुमिका निभाउदै निरन्तर एनआरएनए अभियानमा सकृय बस्नेत २०११-२०१३ कान्साई समिति उपसंयोजक २०१३-२०१५ कान्साई संयोजक हुँदै एनआरएनए अभियानमा जोडिएका हुन।बस्नेतले २०१५-२०१७ एनआरएनए जापानको क्षेत्रिय समन्वय समिति संयोजक तथा २०१७-२०१९ र २०१९-२०२१ मा क्रमश: एनआरएनए जापानको सल्लाहकारको रुपमा कार्य सम्पादन गर्दै आईरहेको छन।

पदमा रहदा मात्र नभएर समाजको आवश्यकता अनुसार पदमा नरहदा पनि आफुले जानेको बुझेको सकेको सदैब दिन तत्पर रहनुपर्छ भन्ने बस्नेतले जापानको कान्साई क्षेत्र बाट युवा हरु समेट्दै खेलकुदको प्रारम्भ, नेपाली चलचित्र तथा नेपाली कलाकारहरुको बिदेश बजार प्रबर्धनको शुरुवात, जापानिज विज्ञहरु र जापानमा सकृय विभिन्न क्षेत्रमा सकृय नेपाली विज्ञहरुलाइ नेपाली राजदुतावास र केहि विज्ञ हरुको सहयोगमा विभिन्न विधामा डाइलग सिरिजको शुरुवात गरि देशको सर्वाङगिन विकासको लागि सकृय रहेका बस्नेतले एनआरएन जापान कान्साई क्षेत्रीय समितिको संयोजक रहदा भुकम्पले विभत्स मध्ये सिन्धुपाल्चोकको पिपलडाडामा विभत्स विद्यालय भवनको पुन:निर्माण र उदयपुरको वेल्टारमा विधालय भवनको नवनिमार्ण समेत गरेका छन भने जापानको स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार सेवा केन्द्र (हेलो वर्क)सँग आवद्ध भइ नेपाली विद्यार्थी हरुको रोजगारि लगायत समग्र नेपालीको रोजगार सँग सम्बन्धित रहेर सेवा सहयोग प्रदान गर्दै आएका छन।

Leave a Reply

Top