ओसाका एक्सपोमा रहेको नेपल प्याबिलियन जुलाई १० तारिख भित्र खुल्ने,फहराइयो नेपाली झन्डा प्रवास समाचार July 1, 2025July 1, 2025 पुरुषोत्तम लामिछाने,ओसाका, जापान / जापानको ओसाकामा सञ्चालन भइरहेको ओसाका एक्सपोमा रहेको नेपल प्याबिलियन जुलाई १० तारिख भित्र खुल्ने जापानका लागि नेपालका राजदूत डा. दुर्गा बहादुर सुवेदीले जानकारी दिनुभएको । टोकियोस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको आयोजनामा जापानको ओसाकामा “नेपाल: अद्वितीय प्रकृति र विविध संस्कृतिको भूमि” “Nepal: A Land of Unique Nature and Diverse Culture.” भन्ने विषय पर्यटन प्रवर्द्धन कार्यक्रममा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो। राजदूतले एक्स्पो २०२५ स्थलमा हालै नेपाली झण्डा फहराइएको घोषणा गर्नुहुदै उहाँले नेपालको मण्डप जुलाई १० तारिख भित्र आधिकारिक रूपमा खुल्ने पनि बताउनुभयो।कार्यक्रममा मन्तव्य राख्दै सुवेदीले अब ढुक्क भएर जापानीहरूलाई उक्त नेपल मण्डपको भ्रमण गर्न अनुरोध गर्नका लागि आग्रह गर्नु भयो। इनोचीनो खागायाकु मिराइ स्याखाईनो देजाइन् (いのちの輝く未来社会のデザイン)”चम्किलो जिवनका लागि भावी समाजको परिकल्पना”भन्ने नारासहित गत १३ अप्रिल बाट ओसाका, कान्साई एक्सपो सुरु भएको हो। बहुप्रतिक्षित ओसाका, कान्साई अन्तर्राष्ट्रिय एक्सपो ओसाकाको कृत्रिम टापु युमेसुमा सुरु भएको हो ।विश्वभरका १५८ राष्ट्र तथा क्षेत्रहरू र ७ वटा अन्तर्राष्ट्रिय संस्थाहरू सहभागी यस भव्य प्रदर्शनीको उद्घाटन समारोह भने १२ अप्रिलमा सम्पन्न भएको थियो। द्घाटन समारोहमा जापानका सम्राट तथा सम्राज्ञी, आकिशिनोमिया दम्पती, प्रधानमन्त्री इसिबा, र सहभागी राष्ट्रहरूका प्रतिनिधिहरू गरी करिब १३०० विशिष्ट पाहुनाहरूको उपस्थिति रहेको थियो ।उक्त प्रदर्शनीमा २ करोड ८२ लाखभन्दाबढी दर्शकहरू आउने अपेक्षा गरिएको छ।उक्त प्रदर्शनी आगामी अक्टोबर १३ सम्म सञ्चालन हुनेछ। तस्बिर:सातोसी तोकुइजीको फेसबुक बाट