You are here
Home > मनोरञ्जन > नारी दिवसमा नृत्य प्रतियोगिता

नारी दिवसमा नृत्य प्रतियोगिता

फाल्गुण २४ गते अन्तराष्ट्रिय नारी दिवसकोको अबसर पारेर सेन्ट जर्ज इन्टरनेसनल स्कुल,विशालनगर र एनप्याबसन क्लस्टर स्याट को संयुक्त आयोजनामा प्रदेश सभा सदस्य माननीय नारायणप्रसाद सिलवालको प्रमुख आथित्थ्यमा सेन्ट जर्ज इन्टरनेसनल स्कुलको परिसरमा स्याट विद्यालयस्तरीय नृत्य प्रतियोगिता सम्पनन भएको छ । प्रतियोगितामा प्रथम सामतेन मेमोरिएल एजुकसेनल स्कुल पैयाँटार कपन,द्वितीय दीक्षान्त एकेडेमी सुकेधारा,तृतीय इकिता इन्टरनेसनल स्कृल बालुवाटार , सान्त्वना सेन्ट जर्ज इन्टरनेसनल स्कुल,विशालनगर भएका छन् । विजयी सबैलाई शिल्ड , मेडल ,तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको छ। उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहाले नृत्य जस्तो अतिरिक्त क्रियाकलापले विद्यार्थीको बहुुआयामिक विकासमा सहयोग गर्छ भन्दै मन्तव्य राखेका थिए भने प्रिन्सिपल प्रेम भण्डारीले नृत्यको इतिहासको विषयमा बताउँदै बर्तमान समयमा यसको उपयोगिताको विषयमा आफनो बिचार राखेका थिए ।एनप्यबसन क्लस्टर स्यटका पदाधिकारीहरु हरि माझी , सन्तोष खनाल लगाएतका पदाधिकारीहरुको उपस्थिति रहेको कार्यक्रममा दर्शक श्रोताहरुको पनि बाक्लो जमघट थियो ।टोल सुधार समितिका सचिव लक्ष्मण शर्माको उपस्थिति रहेको कार्यक्रममा दिपश्री मिडिया र राेटरी क्लव अफ कपनका प्रतिनिधिहरुकोको पनि उपस्थित रहेको थियो । कार्यक्रममा गोरखनाथ टोल सुधारका जेष्ट सदस्यहरुलाई पनि अभिनन्दनापत्र तथा नगद सहित सम्मान गरिएको थियो ।

Leave a Reply

Top