विदेशमा नेपाली समाज, सामाजिक संस्था र समाजसेवा प्रवास विचार March 29, 2018 -धन प्रसाद सापकोटा ( शुरेश ) मानीस सामाजिक प्राणी हो । समाज बिना बॉच्न सक्दैन । विभिन्न किसीमका मानिसहरु मिलेर समाज बनेको हुन्छ ।समाजमा रमाएर बाच्ने मानिसको अधिकार हो । नेपालीहरु बैदेशिक रोजगारी र अध्ययनको लागि विदेशमा वस्नेको संख्या धेरै छ ।कर्म भुमिको भन्दा जन्म भुमिको संस्कृती संग मोह हुनु सामान्य हो । आफ्नो बाल्यकाल बितेको समाजनै मानिसलाई सबैभन्दा प्यारो लाग्नु स्वभाबिक नै हो । समाजको खोजीमा विदेशमा प्रसस्तै सामाजिक संस्थाको निर्माण भएका छन । धेरै जसो संस्थाले राम्रो काम पनि गरेका छन । देशको संस्कृती र संस्काको विदेशमा प्रचार गर्ने,आपत बिपतमा परेका नेपालीलाइ सहयोग गर्ने, जमघट र भेला गरी सुख दु:ख साटासाट र मनोरञ्जन दिने लगाएतका कार्यहरु पनि सामाजिक संघ संस्थाले गर्दै आएका छन। तर अव मेरो बिचारमा सामाजिक संस्थाको संख्या आवस्यकता भन्दा धेरै भएका छन । यस तर्फ सबै सरोकारबाला हरुको ध्यान जान जरुरी छ। सबैको एउटै उद्देश्य समाजसेवा नै भएपछी किन धेरै संस्था चाहीयो । २१ औ सताब्दीमा पनि जातीय क्षत्रीय भाषिक राजनीतीक रंग दिने खालका संस्थाहरु बन्नु दुर्भाग्यपुर्ण कुरा हो जस्तो लाग्छ । विदेशमा कमाउनको लागि आएका हामीहरु २,४ जना जम्मा भयो, अलीकती कोष जम्मा गर्यो, विभीन्न रंगमा संस्था जन्मायो सजीलो छ तर संचालन उद्देश्य भाबि कार्यक्रममा भने समस्या छ । नेतृत्वमा पुग्ने माला लगाउने गजधम्म परेर मञ्चमा बस्ने रहर भएका प्रचारबाजी समाजसेवी हरुको संख्या धेरै भएकोले यो क्रम बढेको जस्तो लाग्छ । हुन त यसो भनीरहदा साच्चै समाजसेवाको भावना भएका दयालु मनिसहरुको पनी कमी छैन तर आजको प्रसंग संस्थाको संख्या धेरै भएको भन्ने आसयमा केन्द्रित छ। विदेशमा आवश्यकता भन्दा बढी संघ संस्था भएका छन । केही समय पहीला म एउटा सार्वजनिक कार्यक्रममा भाग लिन गएको थिए। रमाइलो कुरा त उक्त कार्यक्रममा दर्शक भन्दा मञ्चमा बस्ने बिभीन्न संस्थाका प्रतिनिधिहरु धेरै थिए। विस्तारै सामाजिक संस्था बिच पनि अस्वस्थ प्रतिस्पर्धा बढ्दै छ । मानवीय सहयोग हुनुपर्ने ठाउमा भेगिय,जातीय, राजनीतीक रङले दुर्गन्धीत हुने डर छ। एउटै पवित्र समाजसेवाको काममा पनि नेपाली समाज विच समन्वय र सहयोग हुन सक्दैन । आफ्ना अाफ्ना किसीमले समाजमा एकताको सन्देश दिनुको सट्टा समाजमा प्रतिशोध साध्ने र समाजलाइ दुर्गन्धीत बनाउने दिशातिर संस्थाहरु लागेका हुन की भन्ने भान हुन थालेको छ । विदेशमा सामाजिक संस्थाको आवश्यकता हुन्छ जसलाइ नकार्न सकीदैन तर राम्रो नेतृत्व सहीतको सिमीत संस्था भए पनि हुन्छ । जसले परेको बेलामा सम्पुर्ण नेपालीको मर्म बुझ्न सकोस, अभिभाबकत्व निर्वाह गर्न सकोस र सबैले अपनत्वको महसुस गरुन । सुखमा खाइलाउने र दुखमा रोइलाउने संस्था होस । नेपाली विच भातृत्वको भावना बिकाश गर्न सकोस । अर्को कुरा चन्दा आतंकको पनि छ। कसैलाइ सहयोग गर्नु राम्रो काम हो । कसैलाइ सहयोग गर्दा सहयोग पाउनेको मुहारमा देखिने खुसीले दाता लाइ छुट्टै आनन्द दिन्छ तर अार्थीक सहयोग अथवा अन्य मानवीय सहयोग आजकल सामाजिक संस्थाले चलाऊने चन्दा अभियानलाई आतंक कै रुपमा लिन सकिन्छ । सक्नेले नी देउ नसक्ने ले नी देउ मन भएकोले नी देउ नभयकोले नी देउ किनकी हाम्रो लागि हैन अरु कसैको लागि हो र सहयोग को लागि हो । नजानीदो ब्ल्याकमेल जस्तै । यो प्रभावकारी पनि छैन। अहीले जसरी सामान्य केशमा पनि रकम उठीराखेको छ, पछाडी अझ जटील केशमा नउठ्न पनि सक्छ । हामीले सानोमा पढेको कालु र बाघ को कथा जस्तो गाउलेहरुलाइ बाघ आयो भनेर झुक्याउदा पछी साच्चिकै बाघ आउदा कोही नआएको जस्तै । अव संस्थाहरुले अन्य आम्दानीका स्रोतहरु खोजी अक्षय कोष सञचालन गरी समानुपातीक सहयोग मा लाग्नु जरुरी छ । समाजसेवा जटील कुरा हो । तर विदेश मा यो लहड को भरमा भएको छ । सम्मान पाउन को लागि भएको जस्तो लाग्छ । अलिकती आर्थीक सहयोग गर्यो समाजसेवी कहलायो । तर वास्तवीक समाजसेवा गरेमा प्रचारवाजी गर्नै पर्दैन आफै प्रचार हुन्छ । जस्तो नेपालका पुष्पा बस्नेत,दिलशोभा श्रेष्ठ,दिक्षा चापागांइ आदीलाइ लिन सकिन्छ । सच्चा समाजसेवाको लागी दिल ठुलो हुनु पर्छ सहयोगी भावना नम्रता र अनुशासन हुनुपर्छ । समाजसेवा गर्न पैसा हुनुपर्छ भन्ने छैन । अन्य कोण बाट पनि सहयोग गर्न सकीन्छ । दयालु मन र सहयोगी भावना भएमा अरुको दुखलाइ आफ्नै सम्झने क्षमता जुन थोरै मानीसले मात्र हुन्छ । उनिहरु पनि हाम्रो समाजमा छन । जसलाइ पहिचान गरी संस्था मा नेतृत्व गराइ निस्वार्थ समाजसेवा गराउन सके पक्कै पनी प्रभावकारी हुन्छ ।