You are here
Home > Uncategorized > दक्षिणकाली बोशन महोत्सवको तयारी पुरा, मुख्य मन्त्रीबाट ४ वटा होमस्टे र चम्पादेवी पाउँको शिलान्यास गर्ने

दक्षिणकाली बोशन महोत्सवको तयारी पुरा, मुख्य मन्त्रीबाट ४ वटा होमस्टे र चम्पादेवी पाउँको शिलान्यास गर्ने

माघ १४, दक्षिणकाली

प्रदेश नं ३ का माननीय मुख्य मन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा माघ १९ गते आयोजना हुन गइरहेको दक्षिणकाली बोसन महोत्सवको तयारी पुरा भएको दक्षिणकाली नगरपालिका प्रमुख मोहन वस्नेतले पत्रकार सम्मेलनमा बताए ।

दक्षिणकाली नगरपालिकाको आयोजनामा नगरपर्यटन विकास बोर्ड र दक्षिणकाली वडा १ को सह–संयोजनमा उक्त महोत्सव आयोजना गर्ने तयारी भएको छ । ऐतिहासिक, प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्व बोकेको दक्षिणकाली वडा नं १ पर्यटकका लागी कुरीरहेको दक्षिणकाली नगरपालिका प्रमुख बस्नेतले बताए । प्रेस विज्ञप्ती प्रस्तुत गर्ने क्रममा दक्षिणकाली नगरपालिका उपप्रमुख वसन्ती तामाङ्गले काठमाडौंबाट करिव ३ किलोमिटर दक्षिणमा पर्ने बोसनक्षेत्र धार्मिक किम्बदन्तीका साथै देशका विभिन्न मनोरम पक्षलाई एकै स्थानबाट एकै पटक एकै समयमा नियाल्न सकिने एक मात्र क्षेत्र दक्षिणकाली नगरपालिका रहेको बताईन् ।

उपत्यकाबाट यति नजिक रहँदा पनि उसको प्रचारप्रसारको अभाव रहनुमा दुःख व्यक्त गर्दै दक्षिणकाली बोसन महोत्सव उपसिमितिका संयोजक तथा दक्षिणकाली नगरपालिका वडा १ का वडा अध्यक्ष जय थापा मगरले यो महोत्सवले पक्कै पनि यस क्षेत्रको उद्योग तथा पर्यटनको विकासमा टेपा पुग्ने बताए । अनुमानित २३ लाखमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त पर्यटन महोत्सवका लागी नगरपालिकाबाट ५ लाख बजेट विनियोजन गरिएको नगरप्रमुख बस्नेतले बताए । महोत्सवमा चम्पादेवी पाउँको शिलान्यास, ४ वटा होमस्टेको उद्घाटन, स्थानिय खानाको परिकार, साहसिक खेलका साथ राष्ट्रिय कलाकार तथा स्थानिय कलाकाहरुको बेजोड प्रस्तुती रहने नगरपर्यटन विकास बोर्डका सदस्य दिपक लामिछानेले जानकारी दिए । नगरले महोत्सवस्थल पुग्नका लागि ४ वटा बसको समेत व्यवस्था गरको छ । बस बल्खुदेखि कार्यक्रम स्थलसम्म चल्नेछ । समृद्ध पर्यटकिय दक्षिणकाली नगर, कृषि उद्यमी साँस्कृतिक शहर भएकोले नगर पर्यटकहरुले मन पराउने आयोजकले विस्वास लिएको छ ।

Leave a Reply

Top