डिसेम्बर २० तारिकका दिन कान्साइमा छक्का पन्जा ३ प्रवास मनोरञ्जन December 6, 2018December 6, 2018 नेपाली चलचित्र ईतिहासमा निकै रुचाईएको चलचित्र छक्का पन्जा आगामी डिसेम्बर २० तारिक साझा १७;३० बजे बाट ओसाकाको मिनातो कुमिन सेन्टर बेन्तेन्चोमा प्रदर्शन हुने भएको छ । यति बेला नेपाली सिने नगरीमा चलचित्र छक्का पन्जा ३ ले एक पछि अर्को रेकर्ड बनाउदै गैरहेको छ । देश भित्र मात्र नभई विदेश मा पनि चलचित्र छक्का पन्जा ३ को माग थेगी नसक्ने गरि बढेको छ । नेपाली चलचित्रको राम्रै बिदेशी बजार भनेर चिनिएको जापानमा छक्का पन्जा ३ ले अपेक्षा गरे भन्दा बढीको व्यापार गर्ने देखिएको छ। दिपाश्री निरौला द्वारा निर्देशित चलचित्र छक्का पन्जा ३ मा दिपक राज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, निर शाह, बुद्दि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ । छक्का पन्जा १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा ब्यवसाहिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अ्वस्थ राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ । मिती:- २०१८-१२-२० बिहीवार समय १७:३० बाट स्थान:- मिनातो कुमिन सेन्टर बेन्तेन्चो जेआर बेन्तेन्चो स्टेसन मिनामी गुची बाट ५ मिनेट सब वे च्यु ओुउ सेन बेन्तेन्चो स्टेसन 2-A देगुची बाट ४ मिनेट सम्पर्क:- सुजेन मैनाली ०८०-३११३-९३०३ महेश कटवाल ०९०-६०१९-६२०३ तिलक केसी ०८०-४४०८-७७७५ दिपक भण्डारी ०८०- ३४८९-२२९९ सी.बी थापा ०८०-५७९०-११५२ एकराज कटवाल ०९०-९६११-८८५६ दिपेश गौतम ०८०-२४३३-६०७२ सुबाश पाण्डे ०७०-२३०३-९४६४