You are here
Home > प्रवास > एन आर एन कान्साइको आयोजनामा सप्तऋषि गोदान र पूर्णपात्र विशेष पूजा सम्पन्न

एन आर एन कान्साइको आयोजनामा सप्तऋषि गोदान र पूर्णपात्र विशेष पूजा सम्पन्न

बिगत केही बर्ष देखी हिन्दू नारीहरुको महान पर्व हरितलिका तीजको अबसरमा आयोजना गरिदै आएको संगीतिक कार्यक्रम बाट पृथक रहेर यस बर्ष एन आर एन कान्साइले हिन्दू नारी हरुको अती महत्व पूर्ण मानिएको ऋषि पंचमी पुजा कार्यक्रम लाई प्राथमिकता दिदै सप्तऋषि गोदान र पूर्णपात्र विशेष पूजा सम्पन्न गरेको छ ।

सेप्टेम्बर महिनाको ३ तारिक मंगलवार बिहान ११ बजे देखी ओसाकामा रहेको योदोगावा सामुन्द्रिक खोला नजिकै सप्तऋषि गोदान र पूर्णपात्र विशेष पूजा कार्यक्रमको आयोजना गरिएको एन आर एन कान्साइका सचिब धन प्रसाद सापकोटा सुरेशले जानकारी दिनुभयो। कान्साइ क्षेत्रमा पहिलो पटक आयोजना गरिएको सप्तऋषि गोदान र पूर्णपात्र विशेष पूजा कार्यक्रममा समयको कारणले अपेक्षा गरिए भन्दा कम भक्तजनको सहभागीता रहेता पनि जापानमा रहेर नेपाली धर्म-संस्कृतिलाई निरन्तरता दिन पाएकोमा आफुलाई खुशी लागेको संयोजक कृष्ण शर्मा गैरेले जानकारी दिनु भयो ।

Leave a Reply

Top