You are here
Home > प्रवास > एनआरएनए जापानको आगामी २०१९-२१ को उपाध्यक्ष (क्षेत्रीय प्रतिनिधित्त्व) को लागी नरेन्द्र बस्नेत (दिनेश)को उमेदवारी घोषणा

एनआरएनए जापानको आगामी २०१९-२१ को उपाध्यक्ष (क्षेत्रीय प्रतिनिधित्त्व) को लागी नरेन्द्र बस्नेत (दिनेश)को उमेदवारी घोषणा

एनआरएनए जापानको आगामी २०१९-२१ को उपाध्यक्ष (क्षेत्रीय प्रतिनिधित्त्व) को लागी नरेन्द्र कुमार बस्नेत (दिनेश)को उमेदवारी घोषणा गर्नु भएको छ । निडर र स्पस्ट बक्ताको छबी बनाउनु भएका बस्नेतको घोषणा पत्र जस्ताको तस्तै

आदरणीय जापानवासी नेपाली दाजु-भाई तथा दिदी-बहिनीहरुमा हार्दिक नमस्कार
म नरेन्द्र कुमार बस्नेत (दिनेश) २००५ को अप्रिलमा अध्ययनको शिलशिलामा जापानको दोश्रो ठुलो शहर ओसाका प्रवेश गरी निरन्तर ओसाकामा बसोबास गर्दै आफ्नो ब्यबसायिक कर्मको साथमा जानेको बुझेको सकेको समाज र रास्ट्रको लागि गर्दै आइरहेको छु साथै परदेसी जिबनको सुरुवाती सँगै देखि गैरआवासीय नेपाली संघ जापान सँग आवद्व भई अघि बढिरहेको अवगत गराउन चाहन्छु ।
विभिन्न आरोह र अवरोहका बीच पनि आफूलाई परिष्कृत गर्दै अघि बढिरहेको संसारिक संजालको एनआरएन अभियानमा समेत सक्रियताका साथ आफ्नो जिम्मेवारी पुरा गरि नेपालीको हितमा निरन्तर लागिरहेको छु।
सन २००३ अक्टोबर ११ मा लण्डनमा सम्पन्न गैरआवसीय नेपालीहरुको वृहत भेलाले संसारभर बिबिध परिस्थितिले बिदेशिएका नेपालीहरु लाइ संगठित गर्दै नेपालको विकास र प्रवर्द्दनमा टेवा पुर्याउदै संगठित रुपमा एक हुदै नेपालीहरुको हित र पक्षपोषण गर्ने उदेश्यका साथ सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्तोव गर्ने एक जिम्मेवार संस्थाको रुपमा स्वतन्त्र गैर्ह नाफा मूलक संघको रुपमा गैर्ह आवासीय नेपाली संघ को स्थापना भयो । संघको वृहत्तर दायरा भित्र रही सन् २००४-०२-१२ मा टोकियोमा सम्पन्न भेलाले राष्ट्रिय समन्वय परिषद जापान एनआरएन जापानको गठन एवं संचालनको लागि अग्रणी भूमिका रहयो। एनआरएन जापानको स्थापना सँग सँगै यसलाई जापानको हरेको क्षेत्रमा पुरयाउनु पर्छ भन्ने उद्देस्यले कान्साई क्षेत्रलाई समेट्ने गरि एनआरएन कान्साई को क्षेत्रीय समिति गठन २००६-११-२६ मा गरिएको र यो क्षेत्रीय समिति गठन गर्नको लागि संस्थापक को रुपमा बिशेस भूमिका निभाउने अवसर मैले पनि प्राप्त गरेको थिए। तत्कालिन परिस्थितिमा आफु बिद्यार्थी जिबनमा रहेको र संस्थामा प्रत्यक्ष बसी सहयोग गर्न सक्ने आफु संग यथेस्ट समय र परिस्थिति त्यति अनुकुल नहुने ठम्याई ले म आफु कार्यसमिति बाहिर रहेर निरन्तर सहयोग गर्दै अभियान सँग जोडी नै रहे जसको फलस्वरूप २००७ र २००९ मा क्रमश: कान्साई क्षेत्र बाट प्रतिनिधित्त्वो गर्दै एनआरएन जापान को केन्द्रिय सदस्य हुने अवसर प्राप्त हुदा हुदै पनि पद प्राप्ति मात्रै ठुलो हैन पाएपछि त्यसलाई न्याय दिन आफु कतिको अनुकुल छु भन्ने कुरा हरुलाई प्राथमिकताको चरण मा राखी कार्यसमिति बाट बाहिर बसी निरन्तर जानेको सकेको बुझेको सहयोग गर्दै आएको र २०११-२०१३ को कार्यकाल एनआरएन कान्साइको उपसंयोजक त्यसै गरि २०१३-२०१५ को कार्यकाल एनआरएन कान्साइको संयोजक रहेर सफलता पुर्बक आफ्नो कार्यकालमा कान्साई बासि मात्रै नभएर जापानबासी नेपालीहरुको मन जित्दै सम्पन्न गरेको त्यसै गरि २०१५-२०१७ को लागि एनआरएन जापानले मेरो कार्य क्षेमता र कौसलता लाइ विश्वास गरि दिएको क्षेत्रीय समिति समन्वय को जिम्मेवारी सफलतापुर्बक सम्पन्न गर्दै हाल २०१७-२०१९ को कार्यकालमा केन्द्रिय सल्लाहकार को रुपमा संस्था र समाजको हितप्रद कार्यहरु गर्दै आएको छु।
म आफु कान्साईको संयोजक भएको बेलामा नै गैर्ह आवाशीय नेपाली संघ जापानको रास्ट्रिय अधिबेशन जापान को इतिहास मा पहिलोपटक टोक्यो बाहिर ओसाका मा भब्य र सभ्य रुपमा सम्पन्न गरिएको थियो भने २०१५ अप्रिल २५ मा नेपालमा गएको बिनासकाली भुकम्पमा एनआरएनए,एनआरएन जापान सँग को सहकार्यमा गर्ने सहयोग को साथमा एनआरएन कान्साई को तर्फ बाट अलग्गै गोर्खा,चितवन र धादिंग को बाढी पिडित लाइ तत्काल राहत सहयोग पुरयाउनु को साथै मेरै नेत्रित्वको कार्यसमिति र हामीलाई विश्वास गर्ने कान्साई बासि नेपाली तथा जापानी हरु को सहयोग बाट उठेको रकम बाट सिन्धुपाल्चोक र उदयपुर मा भूकम्पले क्षेत् विक्षत भएको दुइ ओटा निम्न माध्यमिक बिद्यालय को निर्माण सम्पन्न गरि सम्बन्धित विद्यालयको संचालक समिति लाइ औपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको साथै विभिन्न चरणमा जापानमा आइ पर्ने हरेक किसिमिका हरेक वर्ग का नेपाली हरुको समस्या हरुमा सम्भब भए सम्म पिडितको लागि न्याय दिलाउने कुरामा सदैब सक्रिय हुदै आइरहेको छु।
परदेशको ब्यस्त जिबनसैलिको बाबजुद आफ्नो समय र पैसा खर्चिएर राष्ट्र र यहाको नेपाली समाजको हितको लागि तल्लिन यो भोलनटियर अभियान बाहिर बाट हेर्दा जति आकर्षक देखिन सक्छ साचिकै खटेर लाग्दै गर्दा समय समायोजन,व्यक्तिगत,आर्थिक ब्यबस्थापन लगायतको हरेक हिसाब ले त्यतिकै खर्चिलो र अब्जसिलो पनि छ,यो अभियानमा एक व्यक्ति भन्दा पनि टिम वोर्क महत्त्वपूर्ण हुने भएको र टिम वोर्क संगै सम्पूर्ण समुदायको हरेक किसिमको सकरात्मक सहयोग महत्त्वोपूर्ण हुने भएकोले पनि यहाहरुको सल्लाह सुझाब र सहयोग बिना मेरो यो अभियान र आउदै गरेको उम्मेदवारी अधुरो र अपुरो हुने मैले आभास गरेको छु।
एनआरएन अभियानमा जोडिएर सामाजिक कार्यमा निरन्तर प्रतिबद्व भइ लागेकोले गैर्ह आवसिय नेपाली संघ जापानको २०१९-२०२१ को नयाँ कार्यकाल को लागि बिभिन्न पदका आकान्क्षी हरुको उम्मेद्बारी आउने क्रम तिब्र हुँदै गर्दा संस्था र समुदाय प्रती मैले गरेको योगदान लाई मुल्याङ्कन गर्दै मलाई आगामी कार्यकाल को जिम्मेवारि तहमा हेर्न चाहनु हुने अग्रज, सहकर्मि, र मलाई चिन्नु हुने सम्पूर्ण ले उम्मेद्बारी चाडो प्रकाशित् गर्न आग्रह गर्दै आउनु भएता पनि बिधिबत् रुपमा निर्वाचन केन्द्रित गरेर सम्पूर्ण माझ आफ्नो आकान्क्षा प्रस्तुत गर्दा उपयुक्त होला भन्ने सोच लाई आत्मसाथ गर्दै साथै यो संस्था र अभियान लाई लामो समय प्रत्यक्ष या अप्रत्यक्ष रुपमा बुझेका, महत्त्वोपूर्ण जिम्मेवारि बहन गरेका र समाजको बिभिन्न क्षेत्रमा आ-आफ्नो अलग पहिचान बनाएका हरेक बर्ग र क्षेत्रका महानुभाब् हरुले म प्रती देखाउने भएको आशा,विश्वाश र मायालाई आत्मसाथ गर्दै आगामी कार्यकाल को सम्पूर्ण क्षेत्र को प्रतिनिधित्त्वो गर्दै उपाध्यक्ष पदमा उम्मेद्बारी दिने निश्कर्शमा पुगेको जानकारी गराउदै बिगतका दिन हरुमा सामाजिक काम प्रति को मेरो भूमिका लाइ र जिम्मेवारी बहन प्रति देखाउनु भएको माया ले मेरो उम्मेद्बारी लाई परिणाम् मुखी बनाउन तपाईं सम्पूर्ण को सदाझै निस्वार्थ सहयोग र सल्लाह रहनेछ भन्ने विश्वाश लिएको छु।
हुन त धेरै तिर बाट आगामी कार्यकालका लागि एनआरएन जापानको दाबेदारीको रुपमा आवाज र अनुरोध हरु नआएका पनि हैनन् तर मेरो विचारमा पद प्राप्ति भन्दा पनि त्यसपछि आफुले निभाउन सक्ने भूमिका बिशेस गरि (समाजको लागि व्यक्तिगत समय समायोजनको बिषयमा)आफ्नो केहि व्यस्तता ले क्याप्टेनको भूमिकामा अवसर प्राप्त भएपनि एनआरएन लाई बुज्दै सिक्दै र समय समायोजन लगायतका केहि बिशेस परिस्थितिले न्यायसंगत नहोला कि भन्ने मेरो व्यक्तिगत ठम्याई रहेकोले आफु एक कदम तल रहेर क्याप्टेन,टिम र संस्था लाइ कुशल बाटो तिर लाने गरि साथै पछिल्लो समय १४ ओटा क्षेत्रीय समिति बाट ९ ओटा मा खुम्चिदै गरेको क्षेत्रीय समिति हरुको नैरास्य पूर्ण स्थिति लाइ स्वोस्फ़ुर्त बृहत बनाएर अगाडी बढ्नु पर्ने चुनौती पूर्ण सम्पूर्ण क्षेत्रीय समितिको प्रतिनिधित्त्वो गर्ने उपाध्यक्ष पदको उम्मेदवार रहने अबगत गराउदछु।
हाल सम्मको मेरो बिबिध अनुभब हरु र यहाहरुको साथले मलाई संस्था तथा समाज प्रति अझै जिम्मेवार,परीपक्व्ता र नेत्रित्व गर्ने क्षमतामा निखार पन ल्याएको मैले अनुभूत गरेको छु ,जापान को विभिन्न ठाउको नेपाली समाजमा सक्रिय सम्पूर्ण संघसंस्था,समुदायहरु, अग्रजहरु, युबाहरु, नबपुस्ताहरु सबैलाई समेटेर अघि बढ्ने प्रण गर्दै सदैब यहाँहरुको अमुल्य सल्लाह सुझाब र सहयोग को लागि बिनम्र अनुरोध गर्दछु । 
एनआरएन अभियानसंग निकटता रहेको हुदा नेपालीहरुको समस्या संग नजिक त छदै छु, त्यो भन्दा बढ्ता समाधानका लागि आफूले अग्रस्थानमा रहेर विभेदित मनस्थिति नराखी सदैब आफुले सकेको भूमिका निस्वार्थ निर्वाह गरेको अनगिन्ति उदहारण रहेको कुरा म र मेरो सामाजिक गतिबिधि हरु संग चिर परिचित हरु सबै अबगत नै हुनुहुन्छ भन्ने आशा राखेको छु।
व्यक्तिगत समय र खर्च गरेर गैर्ह नाफामुलक यो सामाजिक अभियान को एउटा सिपाही भएको नाताले राजनीतिक पार्टी हरुको सुन्दर कागजी घोषणा पत्र हरु जस्तो आस्वासन बाड्नु भन्दा पनि परिणाम दिएर बिस्वस्त पार्न सकेमा राम्रो हुने कुरामा म व्यक्तिगत रुपमा विश्वास गर्ने भएकोले आफु निर्बाचित भएको खण्डमा यो गर्छु र त्यो गर्छु भनेर ऐले नै आस्वासन बाड्नु भन्दा पनि संस्थाको मूल्य मान्यता लाइ बिशेष प्राथमिकतामा राखेर राष्ट्रिय हित र जापान बासि सम्पूर्ण नेपाली हरुको समग्र हित सँग जोडिएका हरेक किसिमका गतिबिधि या कार्यहरु मेरो प्राथमिकता मा रहने यहाहरु माँझ जानकारी गराउन चाहन्छु।
जय एनआरएन
नरेन्द्र कुमार बस्नेत (दिनेश)
उपाध्यक्ष पदको उम्मेद्वार(क्षेत्रीय प्रतिनिधित्त्व)
राष्ट्रिय समन्वय समिति जापान २०१९-२०२१

Leave a Reply

Top