You are here
Home > प्रवास > नरेश ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै क्योटो नेपाली कम्युनिटीको प्रथम अधिवेशन सम्पन्न

नरेश ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै क्योटो नेपाली कम्युनिटीको प्रथम अधिवेशन सम्पन्न

ओसाका, जापान – जापानको क्योटोमा सक्रिय नेपालीहरूद्वारा स्थापित ‘क्योटो नेपाली कम्युनिटी’को प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले संस्था २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा नरेश ओलीलाई सर्वसम्मत चयन गरिएको छ। यस्तै वरिष्ठ उपाध्यक्षमा शंकर भुसाल रहनु भएको छ भने उपाध्यक्षहरूमा राम भक्त सापकोटा, गोबिन्द सापकोटा, गोपाल खत्री, लालसा सापकोटा र धिरेन्द्र बहादुर शाही चयन हुनुभएको छ।

सचिवमा सुबिन न्यौपाने चयन हुनु भएको छ भने सह–सचिवमा कपिल आचार्य र बिमल गैरे चयन गरिएको छ। कोषाध्यक्षको जिम्मेवारी मदन अधिकारीले सम्हाल्नु हुने भएको छ भने सह–कोषाध्यक्षमा सिन्धु शर्मा चयन हुनुभएको छ।

युवा संयोजकको रूपमा सुजन जंग छेत्री चयन हुनु भएको छ। त्यसैगरी, सदस्यहरूमा सुरज थिङ, सन्दीप भुसाल, सङ्गम जोशी, अर्जुन भुसाल, निकेश वाइबा, चेतन मल्ल, प्रदीप कुँवर, चुणामणि खड्का, रबिना मगर, सुधाम्स थापा, सबिन सापकोटा (सांस्कृतिक सह–संयोजक) र काजल गुरुङ (सांस्कृतिक संयोजक) चयन हुनुभएको छ।

संस्थाले आगामी कार्यकालमा प्रवासी नेपालीहरूको हकहित संरक्षण, नेपाली भाषा, कला र संस्कृतिको प्रवर्द्धन, आपसी एकता र सहयोगलाई मजबुत पार्ने उद्देश्यका साथ विभिन्न सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।

नेतृत्व टोलीले क्योटो क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायलाई संस्थाको गतिविधिमा सक्रिय सहभागिता जनाउन र सहकार्य गर्न आह्वान गरेको छ।

 

Leave a Reply

Top