नवलपुर समाज कान्साइको प्रथम साधारण सभा सम्पन्न प्रवास May 2, 2019May 2, 2019 नवलपुर समाज कान्साइको प्रथम साधारण सभा यही अप्रील २९ तारीखमा सम्पन्न भएको छ। क्योवासी अरुणान्चलम ईन्डियन नेपाली रेष्टुरेन्ट मा सम्पन्न उक्त कार्यक्रम संस्थाका अध्यक्ष मुक्तीराम खरेलको सभापतीत्व र केन्द्रीय सल्लाहकार हरी कंडेल को प्रमुख आतिथ्य तामा सम्पन्न भएको थियो । अधिकांश कान्साइका आजिवन सदस्यहरुको उपस्थीतीमा सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाका उपाध्यक्ष डि पी सापकोटा शुरेशले गर्नु भएको थियो । संस्थाको भावि कार्यक्रम र अहिले भइरहेका कामको समीक्षा भएको थियो । उक्त कार्यक्रम मा उपस्थीत सम्पुर्ण आजीवन सदस्यहरलाइ सभापती र प्रमुख अतिथीले खादा अोडाइ सम्मान पत्र प्रदान गर्नु भएको थियो ।