दिपश्री क्रियटिभ मिडियाले सुरु गर्यो“खुशी बाँडे खुशी बढ्छ”अभियान खुसी बाँडे खुसी बढ्छ समाचार April 30, 2019May 10, 2019 १७ बैशाख , काठमाण्डौं ।दिपश्री क्रियटिभ मिडियाले “खुशी बाँडे खुशी बढ्छ”अभियान बैशाख १५ देखी औपचारीक रुपमा सुरु गरेको छ।दिपश्री क्रियटिभ मिडियाले आइतबार कालिमाटिमा एक औपचारीक कार्यक्रम आयोजना गरी सो अभियानको सुरु गरेको गरेको हो ।उक्त अभियानलाई जाइका नामक संस्था मार्फत लामो समय नेपालमा रही स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा योगदान पुराउनु भएका जापानिज नागरिक प्रा. डा.ओनो खाजुओले औपचारिक रुपमा उद्घाटन गर्नु भएको थियो । महिलाहरुलाई लक्षित गरी संचालन गर्न लागेको सो अभियानले महिलाहरुको क्षमताको विकासगरी आत्मा निर्भताको बाटो तर्फ उन्मूख गराउनु प्रमुख उदेश्य रहेको मिडियाका अध्यक्ष पुरुषोत्तम लामिछानेले बताउनुभयो । कार्यक्रममा बोल्दै समाजसेवी तथा उधोगपति सुमित केडियाले हामीले जीवनमा अघि बड्न हार मान्नु हुदैन र इच्छा शक्ति भयो भने हामी समस्या सँग लडेर अघि बडन सक्छौ भनि महिला दिदिबैनिहरुलाई आफनो क्षमताको विकास गरी अघि बड्न आग्रहगर्नु भयो। यसैगरी कार्यक्रममा लामो समय देखी नेपालमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लामो समय देखी योगदान पुर्याउनु भए बापत जापानिज नागरिक डा.हिरोको साकाकाई लाई खुशी बाँडे खुशी बढ्छ सम्मान र प्रा. डा.ओनो खाजुओलाई दीप्श्री सम्मानले सम्मानित गरिएको थियो । प्रा. डा.ओनो खाजुओले नेपालका महिलाहरु धेरै मेहनती र परिश्रमी भएको प्रशंसा गर्दै उनिहरुका लागि शिक्षा, स्वास्थ्थ र क्षमता मूलक तालिम दिई आत्मा निर्भर बनाउन सके विकासमा धेरै टेवा पुग्ने बताउनु भयो। दिपश्री क्रियटिभ मिडियाले विगत दश वर्ष देखि महिलाहरुलाई विभिन्न किसिमका क्षमता मूलक तालिमहरु दिदै आइरहेको र सामाजिक काममा पनि उत्तिकै सहभागिता जनाइ थुप्रै उपलब्धीहरु हासिल गरेको साथै यस अभियानले महिलाहरुलाई आर्थिक रुपमा सवल हुन थप टेवा पुग्ने मिडियाका निर्देशक दिपक लामिछानेले जानकारी दिनुभयो। राजु प्रसाद लामिछानेको अध्यक्षतामा संचालन गरेको उक्त कार्यक्रममा उषा जापानका अध्यक्ष प्रकाश आचार्य लगाएत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थिती रहेको थियो। उक्त अबसरमा दीप्श्रीका प्रशिक्षार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए।