You are here
Home > विचार > सत्य तथ्य बोल्ने हिम्मत नभएका एनआरएनए अभियानताहरु

सत्य तथ्य बोल्ने हिम्मत नभएका एनआरएनए अभियानताहरु

-नरेन्द्र कुमार बस्नेत ‘दिनेश’

म पद को लागि मरिहत्ते गर्ने मानिश हैन भनि सबैले भन्छन तर पद प्राप्ति नहुने छटपटीले अन्त्यमा जस्तो सुकै भएपनि पद प्राप्तिमा सम्झौता गर्छन।
आर्थिक घोटाला भएको छ सबैले भन्छन तर कसले गरेको भन्ने हिम्मत कसैले गर्दैन।गलत भएको छ तर सबै निर्लज्ज छन् सत्य तथ्य बोल्ने हिम्मत कसैसंग छैन।
एनआरएनए लाइ यतिखेर उसको संजाल भएको हरेक देशमा कोरोना महामारीको बिचमा नेपालीहरुलाई सकेको सहयोग गर्ने र मातृभूमिमा सक्दो सहयोग गर्ने चटारो संगै प्रत्येक देशको राष्ट्रिय अधिबेशन सकेर आगामी २०२१ को अक्टोबरमा नेपालमा २०२१-२०२३ को अधिबेशन कसरि सक्ने भन्ने मुलभूत चटारो छ।यसै चटारोको बिचमा गैर आवासीय नेपाली संघ जापानमा एकातिर बर्तमान अध्यक्ष को मानिसको मृत्यु प्रकरण संग जोडिएर आर्थिक लेनदेन भएको कुरा र अर्को तिर संस्थामा लामो समयदेखि आर्थिक घोटाला भयो भनि कुरा उठेपछि बनेको छानबिन समितिले ल्याएको प्रतिबेदनले नेपाल फेस्टिवल,तिज फेस्टिवल,स्मारिका प्रकाशन,अध्यात्मिक कार्यक्रम जस्ता संबेदनशील कुराहरुमा घोटाला भएको भनि देखाएको रिपोर्ट ले एकातिर संस्थालाई बदनामीको केन्द्रमा पारिरहेको छ भने अर्को तिर जुलाई २५ लाइ ओसाकामा गर्ने भनि तोकिएको महाधिबेशन हुने हो कि नहुने होकी भन्ने अन्योलता सिर्जना गरेको छ।
भनिन्छ नि धान रोपे धान फल्छ, कोदो रोपे कोदो।आर्थिक घोटाला र दुर्घन्दले परकास्स्ठा नाघेको परिप्रेक्षमा हामिले कोदो रोपेर धान फलाउन खोज्दा परिणाम ढुसि परेको मकैको घुन निस्केको छ।एनआरएन जापानमा बिगत देखि बर्तमान सम्म विभिन्न महत्त्वोपूर्ण जिम्मेवारी सम्हालिसकेका हरु हेर्ने हो भने एक दुइ बाहेक कोहि गतिला छैनन भन्ने ऐलेको घटनाक्रमले प्रष्टयाउदै गएको छ।फेसबुकमा सबैले आफुले आफैलाई भयङ्कर आदर्श र इमान्दार देखाउछन तर यथार्थ के हो भनेर सबै उदांगिएको छ।
संस्थामा यो कार्यकाल भन्दा अगाडि पनि अपचलनका कुरा नउठेका हैनन।याहा आर्थिक मात्र नभएर संस्थागत भ्रष्टाचारले जरो गाडे पनि सबै भित्र भित्रै दवाए तर यो पटक भने संस्थाकै जिम्मेवार पदाधिकारीले अनियमितताको कुरा उठाएपछि एनआरएनए आईसिसि को निर्देशनमा उच्चस्तरीय छानबिन समिति बन्यो र समितिले ६ महिना लामो समय लगाएर छानबीन गरि करोडौ प्रष्ट अनियमितता भएको छ भनेर ९१ पेज प्रतिवेदन पढेर सार्वजनिक गर्यो ।

एनआरएनए ले नै आधिकारिक रूपमा गठन गरेको उच्चस्तरीय छानबिन समितिले अनमियमितता पुष्टि गरि सकेको छ।अब फेरी अर्को अनुसन्धान समिति गठन गर्ने गाइगुइ छ यसको पिछाडिको राजनिती के हो बुझ्न सकिएको छैन।
छानबिन समितिको निर्णयले दर्शाएको कुरा हेर्दा यो सामुहिक रुपमा भएको देखिएकोले एक व्यक्ति तोक्न नसकेको होकि जस्तो देखिन्छ।यो परिवेशमा धेरै अगाडि देखि जुलाइ २५ लाइ ओशाकामा गर्ने गरि तोकिएको महाधिवेशन तयारि तिव्र गतिमा छ भने जुलाइ २७ लाइ अनलाइन भोटिङ को मिति तोकिएको छ।
एकातिर नागोयामा दुइवटा क्षेत्रिय समिति भएको सञ्जालमा छरपस्ट छ जसलाइ मिलाउने विषयमा कहि कतै पहल भएको नदेख्दा जिम्मेवार पदमा भएकाहरुको निरिहपनाले अभियानमा प्रेरित हुन खोजेका नया व्यक्तिहरूलाइ निरुत्साहित गरेको प्रष्ट छ भने यति सामान्य कुराको समाधान नगरि नेपालको दुर्गन्धित राजनिती भन्दा तल्लो स्तरमा झरेर अनुगमनमा समितिको नाममा राजनितिक,आफन्ती भागवण्डा गरि जवरजस्ति जम्बो टोलि त्यो पनि कतिपय सम्बन्धित व्यक्तिको इच्छा विपरित र सम्वन्धित बिषयको ज्ञान नभएकाहरुको झुण्ड खडा गरि अनुगमन शब्दको चरम उपहास गरेको पाइएको छ।

यहाँ मरेका लास माथि गिद्दे नजर लगाउनेहरू, धर्मको नाममा भ्रष्टाचार गर्नेहरू, बिभिन्न बाहनामा घोटला गरेको भनिएकाहरु कसैले छुट पाउनु हुदैन भन्ने जनमानशको भनाइ छ भने सिङ्गो बहुमतको कार्यसमितिका कतिपय भने संस्थाको आधिकारिक पत्रको आशय नै प्रष्ट सँग नवुझि सञ्जालमा आएको समाचारको भरमा आफ्नो जिम्मेवारीको अधिवेशन र निर्वाचन घोटाला गर्ने व्यक्ति प्रष्ट नभएसम्म अधिवेशन हुन नदिने भनेर अन्योल र भ्रम सृजना गरिरहेका छन।
सामुहिक रुपमा भएको आर्थिक अपचलन यो परिस्थितिमा ऐेलेको बहुमतको कार्यसमिति या सबै मिलेर किनारा लगाउनु बाहेक अन्य जुन सुकै समिति बनाएपनि उपाय छैन जस्तो लाग्छ।
यहा भित्र भित्र लहरो तान्दा पहरो झर्छ भने जस्तै धेरै नाङ्गै हुने भएकोले अनियमितताको कुरा झिसमिस पार्न खोजिदैछ भन्ने चर्चा पनि भइरहेको छ।
कतिपय कार्यसमितिको ले पनि कस्ले खाएको हो त्यो ब्यक्ती तोकिएन भनेको छन तर आर्थिक कारोवार चुस्त, दुरूस्त पारदर्शिता राख्ने जिम्मेवारि लिएको व्यक्तिले त्यो काम न्यायोचित तवरले गर्न सक्यो कि सकेन!कि त्यो व्यक्ति कसैको प्रभावमा,डर त्रास या प्रलोभनमा पर्यो यो विषयमा कोहि पनि गम्भिर भएको पाइएन।आफ्नो समय र पैसा खर्चिएर लाग्ने यो अभियानमा के साच्चिकै सबैले पदिय मर्यादा को सम्मान गरेर काम गरेका छन त भन्ने गम्भिर प्रश्न खडा भएको छ।

मेरो बुझाइमा समाधान यसरि हुन सक्छ।
छानबिन समितिले ल्याएको प्रतिबेदनले नेपाल फेस्टिवल,तिज फेस्टिवल,स्मारिका प्रकाशन,अध्यात्मिक कार्यक्रम जस्ता संबेदनशिल बिषयमा घोटाला भएको भनि प्रष्ट गरेपछि,ऐेलेको कार्यसमितिले दोष देखिएको कार्यक्रमहरुको संयोजक आयोजक समिति सवैलाई बोलाएर आवश्यक परे छानविन समितिको सहयोग लिदै सम्पुर्णलाइ आफुहरु जिम्मेवार भएको कार्यक्रमको आयोजना गर्ने क्रममा भएका कमि कमजोरि हरुको एकपटक आत्मालोचना गरि समाधान निकाल्ने प्रयास गरेमा मात्र यो अपचलनको कुरा निचोडमा आउन सक्छ।
वर्तमान कार्यसमितिमा भएका केहि नया भए पनि अधिकांश निरन्तर कुनै न कुनै पदमा हुनुहुन्छ यसको अर्थ वहाहरु माथि आशंका गरेको हैन तर अब यो अपचलनलाइ टुङ्गो लगाउन तपाइहरुले निरन्तर आफुहरु कार्यकालमा भएका कार्यहरु शब्दमा हैन ब्यवहारमा निस्वार्थ र निडर भएर अगाडि राख्नुस र यो दुर्गन्ध लाइ सफा गर्ने अठोट लिएर अगाडि बढनुस।यदि तपाइहरु साच्चिकै अन्तरमन देखि नै निस्वार्थ यो अभियान बुझेर समाजको लागि लाग्नु भएको हो भने यो तपाइहरुको लागि चुनौति सँगै अवसर पनि हो।

(लेखक, एनआरएनए जापानका सल्हाकार तथा आगामी (२०२१-२०२३) कार्यकालका लागि अध्यक्षका दाबेदार मध्येका एक हुन्)

Leave a Reply

Top