पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रसियन राजदूत असेक्सेइ नोभिकोभ बीच भेटवार्ता समाचार May 31, 2022May 31, 2022 पूर्वप्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितबारे छलफल भएको थियो । नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गर्नु भएको थियो।भेटका क्रममा राजदूत नोभिकोभले आगामी दिनमा नेपाल(रसिया सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वाससमेत व्यक्त गर्नु भएको थियो ।