You are here
Home > प्रवास > नेपाली जनप्रगतिशील मंच जापानले जिम्मेवारी हेरफेर गर्‍यो

नेपाली जनप्रगतिशील मंच जापानले जिम्मेवारी हेरफेर गर्‍यो

नेपाली जनप्रगतिशील मंच जापानको २०२१-२०२३ कार्यकालको लागि निर्वाचित कार्यसमितिको शनिबार सम्पन्न दोस्रो पूर्ण बैठकले ज़िम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । राष्ट्रिय कार्यसमितिका अध्यक्ष भवानी पन्तको अध्यक्षतामा सम्पन्न सो बैठकले सात वटा क्षेत्रीय समितिको इंचार्ज, नौ वटा विभागको विभागीय ज़िम्मेवारी र थप १८ जना लाई सल्लाहकार समितिको सदस्यमा चयन गर्दै ज़िम्मेवारी बाँडफांड तथा कार्यविभाजन गरेको महासचिव बाबुराम पौडेलले जानकारी दिए । ज़िम्मेवारी बाँडफांड अनुसार क्षेत्रीय समिति अन्तर्गतका तोचिगी गुन्मामा रामकृष्ण भण्डारी, टोकियोमा अर्जुन अमगाइ, नागोयामा आर एच गौतम, क्यूस्युमा नवराज गौतम, क्योतोमा गौरीशंकर गैरे सेन्दाइमा बेनुक़ा खड्का र ओकिनावामा शिबु थापालाई इंचार्जको ज़िम्मेवारी तोकिएको छ । पूर्वी एसिया समन्वय समितिका सदस्य डा भूपालमान श्रेष्ठ, राष्ट्रिय कार्यसमिति जापानका इंचार्ज रामहरि पुडासैनी, सल्लाहकार संयोजक हवलचन्द्र लामा र लेखा, अनुशासन तथा अनुगमन आयोगका अध्यक्ष कालिका थापाको विशेष उपस्थितिमा सम्पन्न बैठकले विपत तथा मानवीय सहयोग विभागको संयोजकमा मोहन पौडेल सह संयोजक शिवु थापा र सदस्यमा गिरबहादुर तामाङ, संस्कृति पर्यटन तथा अतिरिक्त विभागको संयोजक श्यामहरि पाण्डे, सह संयोजकमा मुना सुनार र सदस्यमा ज्ञानम रुम्बा, डिलाराम निउरे र रामबहादुर खत्री भाषा क़ानून सहजीकरण विभागको संयोजकमा जनक सुवेदी सह संयोजक राजन पन्त र सदस्यमा पेमा लामा, राजन गौतम, राजु भण्डारीलाई ज़िम्मेवारी प्रदान गरेको छ ।

त्यसैगरि लगानी प्रवर्द्धन तथा रोजगारी सहजीकरण विभागको संयोजकमा श्रवण सत्याल सह संयोजकमा गौरीशंकर गैरे र सदस्यमा कान्छामान मोक्तान बच्चुराम अर्याल र कर्साङ तामाङ, युवा विद्यार्थी तथा खेलकुद विभाग संयोजकमा दावा लामा र सदस्यमा प्रकाश सापकोटा, बालबिक्रम तिगेला, केशव भट्टराई, डिलाराम निउरे र पवन अधिकारी प्रचार प्रसार तथा प्रकाशन विभाग संयोजकमा खगराज गौतम र सदस्यमा जीवन पोखरेल कंचन, राज पुरी, सचिन नेपाल र संगठन तथा प्रशिक्षण विभाग संयोजकमा बाबुराम पौडेल र सदस्यमा श्यामहरि पाण्डे, आर एच गौतम, बिनोद राई, ध्रुव अधिकारी, श्रवण सत्याल र गौरी सापकोटा रहेका छन । बैठकले महिला विभागमा मुना सुनार र सदस्यमा ममिता तामाङ र प्रमिला गिरी, आर्थिक विभागमा संयोजक भुवन हुमागाइ, ध्रुव अधिकारी, गौरी सापकोटा, शिशिर न्यौपाने र श्याम गिरीलाई ज़िम्मेवारी प्रदान गरेको छ । संगठनमा अनुभवी व्यक्तित्वहरूको आवश्यक राय सल्लाह सुझाव र अविभावाकत्व लिनका लागि गठित सल्लाहकार समितिको थप सदस्यहरूमा तिलक मल्ल, मोहन खत्री, सुन्दर खड्का, प्रताप गुरुङ, बिष्णुप्रसाद घिमिरे, परशुराम न्यौपाने, जीवन केसी, हिमाल भट्टराई , नवीन निउरे, टंक गैरे (टोकियो), टंक गैरे (फुकुओका), लालकुमार पुडासैनी, महेन्द्र पिसी, सजिना मोक्तान, रतन थापा, केहरसिंह बस्नेत, तेज चालिसे र घनेन्द्र सापकोटा रहेका छन भने लेखा, अनुशासन तथा अनुगमन आयोग रिक्त सदस्य पदमा लेखनाथ शर्मालाई मनोनयन गरेको छ । बैठकले १९ सदस्यीय सचिवालय पनि गठन गरेको र हरेक तिन महिनामा राष्ट्रिय कार्यसमितिको जापानका विभिन्न स्थानमा घुम्ती बैठक संचालन गर्ने निर्णय गर्दै नेपाली जनप्रगतिशील मंच जापान बैठक संचालन तथा व्यवस्थापन कार्यविधि-२०२१ लाई समेत पारित गरि कार्यान्वयनमा ल्याएको छ ।

Leave a Reply

Top