प्रेमिला गौचन।,
टोकियो , जापान ।
गत डिसेम्वर पहिलो सातामा कंचनपुर , महेन्द्र नगरका नवनित जोशिलाई सहयोगी गर्ने सबैलाई भेटेर धन्यवाद दिने अश्वासन दिएका छ । स्पाइन ट्युमरका कारण अकस्मात शरीरको विभिन्न अंगमा शल्यकृया गर्नु परेको जोशीको नेपालबाट बाबु आमासँग पटक पटक मगाएको पैसा पनि सकिएको थियो । सेन्दाइ तोयोको विश्वविद्यालय अस्पतालले डिसेम्वर १० तारिखसम्म १० मान जसरी पनि तिर्नु पर्ने ह्विप जारी गरेपछी उनी आपतमा परे ।
उनको शरीरको विभिन्न अंगमा शल्यकृया गरेको हुनाले उनी स्वयम आँफै दिशा – पिशाब गर्न सक्दैनथे ,पिशाव गर्नको लागि पाइप जोडीएको थियो । झोल पदार्थ पनि अरुको साहारामा खानु पर्थ्यो , हलचल केही पनि गर्न सक्दैनथे । तथापी उनको जापानमा पनि नजिकको आफन्त कोही नभएको खबर मन्जु गिरी ( चिवा ) र प्रेमिला गौचन ( टोकियो ) सूचना पायौ र यो भाईलाई तुरुन्तै सहयोग चाहिने महसुस गर्दै हामी दुबै जनाको पहलमा आकस्मिक सहयोगको अभियान थालेउ ।
हाम्रो अभियानलाई जापानबासी नेपालीहरुले सक्दो सहयोग गर्नु गरेका थिए। हामी दुबै जनाको तर्फ बाट पनि सबै सहयोगीहरुलाई धन्यवाद नदिइ रहन सकिदैन , जवकी हाम्रो अभियानलाई सहर्स स्वीकारी गरी यस अभियानलाई तदरुकताका साथ विरामी स्वयमको वैंक खातामा रकम फुरीकोमी गरेका थिए ।
परिवारको एक्लो सन्तान २७ वर्षिय जोशी ३ वर्ष पहिले अध्ययनका लागि जापान आएका थिए । जापानको सेन्दाइ स्थित khadaan Automotive Technical Engineering कलेजमा अध्ययन पस्चात सेलरिम्यानको स्योस्युको ( भर्ना ) गर्ने तयारी भइरहेको समयमा अचानक विरामी परेका हुन । जोशीको कोठा नजिकको अस्पाताले रोग पत्ता लगाउन नसकेकोले ठुलो अस्पातलमा विभिन्न चेक जाच गर्दा गर्दै विमार भएको ३ महिना पछी बल्ल स्पाइन ट्युमर रोग लागेको तथ्य पत्ता लागेको थियो ।
विरामी जोशी प्रफुल्ल, स्वास्थ्यमा क्रमिक सुधार , भिसा थप प्रकृयामा जापान अध्यागमनको सकारात्मक जवाफ
उनी अहिले बिस्तारै २,४ पाइला हिंड्न सक्ने भएका छन। यसको साथै दिशा – पिशाव पनि स्वयम आँफै गर्न सक्ने भएका छन ।
जनवरी दोस्रो हप्तासम्म भिसा भएको जोशिको अस्पातलको कागजात पेश गरे अनुरुप उनको भिसा थप गर्ने अध्यागमनको अधिकारीले सकारात्मक जवाफ आएकोले पनि उनी प्रफुल्ल छन ।