गल्कोट समाज कान्साईद्वारा आयोजित मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न, उपाधी एवान स्पोर्ट क्लब कान्साईलाई खेलकुद प्रवास April 22, 2018April 22, 2018 गल्कोट समाज कान्साईद्वारा आयोजित मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न, उपाधी एवान स्पोर्ट क्लब कान्साईलाई ओशाका- नेपाली नयाबर्ष २०७५ को पुनित अबशरमा गल्कोट समाज जापान क्षेत्रीय समिती कान्साईले यहि महिनाको २० गते (अप्रिल २० तारिख)मा मैत्रिपूर्ण पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरेको छ ! प्रतियोगितामा सहभागी टिमहरु एवान स्पोर्ट क्लब कान्साई,बिंहुँकोट समाज कान्साई ,एनआरएनए कान्साई,ओएनएस ग्रुप कान्साई,स्टार ग्रुप कान्साई, गल्कोट समाज कान्साईको दुई टिम सहितको निकै कड़ा प्रतिष्पर्धामा एवान स्पोर्ट क्लबले प्रथम उपाधी हातपारेको थियो भने प्रतियोगिताको दोश्रो स्थानमा आयोजकले चित्त बुझायो। प्रतियोगिता दिनाङ्क १.०० बजेबाट लगातार ७.०० बजे सम्म चलेको संचालन् भएको थियो। प्रतियोगिता गल्कोट समाज जापानका संरक्षक आत्माराम गैरेको प्रमुख आतित्थ्यमा, बिशिष्ट अतिथी गल्कोट समाज जापानका भूतपूर्ब अध्यक्ष हर्क थापा, बिशेष अतिथी एनआरएन जापानका निबर्तमान आइसिसि सदस्य तथा बर्तमान एनआरएनए जापानका केन्द्रिय सल्लाहकार तुलसीराम खरेल, एनआरएनए जापानका केन्द्रिय सल्लाहकार नरेन्द्र बस्नेत दिनेश , गल्कोट समाज जापानका केन्द्रिय सदस्य जगत थापा, गैरे समाज जापानका संयोजक दिलिप गैरेको बिशेष आतित्थ्यमा, एनआरएनए कान्साईका कार्यवाहक संयोजक प्रेम प्रसाद कँडेल,चितवन समाज कान्साईका निबर्तमान संयोजक मुक्तिराम खरेल,बिहँकोट समाज जापानका कान्साई संयोजक कृष्ण सुबेदी,गैरे समाज जापानका कान्साई संयोजक भुमप्रसाद गैरे,ओएनएसका कान्साई संयोजक तेज गुरुङ, एवान स्पोर्ट क्लवका कान्साई संयोजक नरबहादुर जुग्जाली,स्टार ग्रुपका कान्साई संयोजक दिलिप कँडेल लगाएतका बुद्धिजिबी, समाजसेबी, उधोगी, ब्यबसायी,बिधार्थी,पत्रकार लगाएतको उपस्थितीले कार्यक्रम थप रोचक बनेको ब्यहोरा आयोजकले बताएको छ। कार्यक्रममा मोवाइल कंम्पनी एयूले आफ्नो ब्यापारीक बिज्ञापन गर्दै उपस्थित सबैलाई स्पोर्ट ड्रिंक समेत बितरण गरेको थियो ! दिनभर चलेको भलिबल प्रतियोगितामा रेफ्रीको जिम्मा बाग्लुङ जिल्ला भलिबल संघद्वारा मान्यता प्राप्त रेफ्री भरत जिसीलाई दिइएको ब्यहोरा आयोजकले बताएको छ भने प्रतियोगिता प्रथम हुने टिमलाई नगद ८०००० असि हजार जापानी एन, कप मेडल प्रमाण पत्र र द्वितीय हुने टिमलाई ५०००० पचास हजार एन नगदको साथमा मेडल र प्रमाण पत्र सहित पुरस्कृत गरेको जानकारी आयोजकले दिएको छ ! कार्यक्रम संस्थाका संयोजक सुमित खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो थियो भने संचालन संस्थाका सचिब नरबहादुर थापाले गर्नु भएको संस्थाका उपाध्यक्ष देबेन्द्र थापाले दिपश्री अनलाइनलाई जानकारी दिनु भयो ।उपाध्यक्ष थापाले कार्यक्रममा ब्यापक जनसहभागिता रहेको बताउदै सहयोगी सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको छ।