दक्षिणकाली डान्सिङ स्टारको पहिलो अडिसनबाट २७ जना छनौट मनोरञ्जन समाचार October 14, 2023 दक्षिणकाली नगरपालिका र दीपश्री क्रिएटिभ मिडियाको संयुक्त आयोजनामा दक्षिणकाली डान्सिङ्ग स्टारको पहिलो अडिसन सम्पन्न भएको छ । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख मोहन वस्नेत, उपप्रमुख बसन्ती डंगोल तामाङ र द.न.पा वडा ८ का अध्यक्ष योस कुमार वाइवाले संयुक्त रुपमा रिवन काटी अडिसनको उद्घाटन गर्नुभएको भएको थियो । आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने ठूलो मञ्च नभएको हुँदा प्रतिभा भएर पनि चुप बस्नु परेको यथार्थलाई मनन गरि यो रियालिटी शो संचालन गरिएको दीपश्री गु्पका अध्यक्ष तथा दक्षिणकाली डान्सिङ स्टारका निर्देशक दिपक लामिछानेले बताउनु भयो । असोज २७ गते सम्पन्न गरिएको पहिलो चरणको अडिसनमा ५६ जना मध्येबाट २७ जनाले पहिलो अडिसन पार गरेका थिए । दक्षिणकाली डान्सिङ्ग स्टारको निर्णायकमा नृत्य निर्देशक दिपक श्रेष्ठ, लेट्स डान्स टिभि रियालिटी शो का निर्देशक तथा मोडल राज श्रेष्ठ, मोडल तथा चर्चित कोरियोग्राफर चाहाना राना मगर हुनुहुन्छ । पाँच राउण्डसम्म संचालन हुने उक्त शो मा विजेताले नगद पचास हजार, फस्ट रनरअफले पच्चिस हजार, सेकेण्ड रनरअफले पन्ध्रहजार, थर्डरनरअफले दशहजार र फोर्थरनरअफले पाँच हजार गरि एक लाख नगद रकम पाउने छन् । साथमा विभिन्न पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले बताएको छ ।