जापानमा २९ औ तोरन्ल्ह पर्वको भव्यताका साथ सम्पन्न प्रवास समाचार March 30, 2019 प्रेमिला गौचन , टोकियो , जापान मार्च,३० -शनिवार । थकाली जातिको महान चाड तोरन्ल्ह स्वदेश तथा विदेशमा भव्यताको साथ सम्पन्न भएको छ । नेपालमा विविध कार्यक्रम सहित साताव्यापी रुपमा मनाउने चलन छ भने विदेशमा समय अनुकूल हेरी २ वा तीन दिन मनाउने चलन छ । तोरन्ल्ह अर्थात फागु पुर्णिमा थकाली जातिले दिवंगत पितृहरुलाई पिण्ड दिने र चेली ज्वाँईहरुलाई मिष्ठान्न भोजन खुवाउने चाड हो । यस चाडमा सर्वसाधारण थकालीले ३ रात र झाक्री ( ट्होम ) थकालीले मध्यरातमा ५ रात पितृ पुज्ने चलन छ । यसै महान चाडको अवसरमा धनुष वाण , तथा विविध सांस्कृतिक कार्यक्रम गर्ने परमपरा छ । नेपालमा थकाली जातिको उदगमस्थल मुस्ताङ लगायत काठमान्डौ, पोखरा, बुटवल , धनगढी , चितवन सहित विभिन्न ठाउमा साप्ताहिक रुपमा मनाउदै आएको छ भने विदेशमा जापान, बेलायत र अमेरिकामा पनि भव्यताको साथ मनाएको छ । बेलायतमा ‘थकाली ओयलफेयर सोसाइटी युके’ ले तोरन्ल्हकै लागि थकाली गीतको गायिका एन्जिला गौचनलाई नेपालदेखी निमन्त्रणा गरेर तोरन्ल्हको चाड हर्सोल्हासका साथ मनाएको छ । त्यस्तै विभिन्न स्टेटमा छरिएर रहेको थकाली जातिहरु एकीकृत भई अमेरिकाको न्युयोर्कमा थकाली भेष भुषामा सजिएर तोरन्ल्ह पर्व मनाएका छन । जापानमा २९ औ तोरन्ल्ह भव्यताका साथ सम्पन्न- सन १९९० सालमा डा. योगेन तुलाचनको संयोजकतामा स्थापना भएको थकाली सेवा समिती जापानले २९ औ तोरन्ल्ह पर्व भव्यताको साथ सम्पन्न भएको छ । गत आइतवार २४ तारिखका दिन सम्पन्न भएको तोरन्ल्ह पर्वमा हामामाच्चो मन्दिर रेष्टुरेन्टको प्राङगणमा सम्पन्न भएको सो कार्यक्रमा थकाली जातिको चार देवता (ल्ह कान्हला सिन्की कर्पो, ल्ह हेवारीन्जिन , ल्ह छिरिन ग्याल्मो ) तथा महालक्ष्मी ( नरिच्योह्योव) लाई पूजाआजा गरी सुरुवात गरिएको पहिलो चरणको कार्यक्रममा वार्षिक प्रतिवेदन , आर्थिक प्रतिवेदन तथा थसेस अगुवाहरुको सुझाव मन्त्यव्य सहीत सम्पन्न भएको थियो । दोस्रो चरणको कार्यक्रममा नेपाली अन्तरराष्ट्रिय समन्वय परिषद तथा एनआरएन आइसीसीका प्रवक्ता भुषण घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । अतिथी घिमिरेले ” तोरन्ल्ह चाडलाई शुभकामना दिदै उहाले थकाली जातिको मौलिक चाडलाई विदेशमा विभिन्न कठिनाई तथा समयको पावन्दिमा पनि २९ वर्षदेखी निरन्तरता दिनु सक्नु नै उहाहरुको ठुलो देन हो । उहाहरु बधाईका पात्र हुनु हुन्छ । ” भन्नु भयो । साथै उहाले धनुषवाणमा सहभागी तथा विजयी खेलाडिहरुलाई पुरस्कार तथा सम्मानपत्र पनि वितरण गर्नु भएको थियो । थ से स अध्यक्ष बुद्दी गौचनको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा विषेश अतिथीमा संरक्षक सरद कुमार गौचन, प्रकाश तुलाचन , दिपक भट्टचन , पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले,एभरेष्टफुजी न्युज डट कम कि सम्पादक तथा प्रकाशक प्रेमिला गौचन , एनआरएन जापानका अध्यक्ष टाशी मनाङी रहनु भएको थियो । हेमन्त कुमार शेरचन संयोजकता तोरन्ल्ह पर्व सम्पन्न गरिएको सो कार्यक्रममा समितिका महासचिव राजु शेरचनको डिजेमा थकाली महिला तथा पुरुषहरु नृत्य गरी भरपुर मनोरन्जन लिएका थिए । कार्यक्रममा तामाङ समाजका अध्यक्ष कुमार मोक्तान,नेपाल व्यवसायी संघका अध्यक्ष विजय थकाली , तमु धि जापानकी अध्यक्ष तथा निवर्तमान अध्यक्ष अनिता गुरुङ , श्री गुरुङ , सल्ल्हाकार हर्क गुरुङ , धौलागिरी युवा क्लबका अध्यक्ष गोविन्द थकाली, पूर्व राष्ट्रिय फूटबल खेलाडी तथा प्रशिक्षक बसन्त गौचन , नेपाल जापान युथ क्लबका अध्यक्ष लेलिन भट्टचनको पनि उपस्थिती रहेको थियो । नेपाल मगर संघ क्षत्रिय समितिका अध्यक्ष रीत राना मगर , जनजाती महासंघका महासचिव शान्त पहरीको पनि सहभागीता रहेको थियो । कार्यक्रममा थकाली खाना तथा सेल रोटी उपलब्ध गरिएको थियो । अन्तरचन तारा खेल प्रतियोगितामा गौचनले ३६ अंक सहित ५ मान र रनिङ शिल्ड सहित प्रथम पुरस्कारले पुरस्कृत भएको थियो । सहभागी खेलाडीहरुमा टिम म्यानेजर अमुल गौचन , धापनमा बबी गौचन र खेलाडीहरुमा जित बहादुर , सन्जीव ,राजिव र नरेश गौचन रहेका थिए । त्यस्तै ३ मान पुरस्कार सहित शेरचन टिम दोस्रो हुन सफल भएको छ । शेरचन समुहमा हेमन्त कुमार शेरचन टोली प्रमुख थिए भने धापनमा राज कुमार शेरचन रहनु भएको थियो । खेलाडिहरुमा सुरेन्द्र , रोशन ,ओकिल र रोविन शेरचन थिए । तारा खेलको खेल प्राङणमा सर्वोत्कृष्ट धनुषधर किसान तुलाचनलाई पनि १ मान सहित सम्मान गरिएको थियो ।