You are here
Home > प्रवास > कास्की पोखरा समाज कान्साईको प्रथम अधिवेशनबाट अग्नि त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति गठन

कास्की पोखरा समाज कान्साईको प्रथम अधिवेशनबाट अग्नि त्रिपाठीको नेतृत्वमा नयाँ कार्यसमिति गठन

-ओसाका /जापान

कास्की पोखरा समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशनबाट अग्नि त्रिपाठीको संयोजकत्वमा नयाँ कार्यसमिति गठन भएको छ।नवगठित कार्यसमितिमा दुर्गा मराशिनी उप–संयोजक,अनिता त्रिपाठी महिला संयोजक, प्रकाश भण्डारी कोषाध्यक्ष, राजेश कोइराला सह–कोषाध्यक्ष, र अभिनय आचार्य सचिव पदमा चयन भएका छन्। सह–सचिवको पद हाल खाली राखिएको छ।समितिमा विविध पृष्ठभूमिका अनुभवी र सक्रिय सदस्यहरूको सहभागिता रहेको छ। तेज गुरुङ, तिलक केसी, र लोक बहादुर विश्वकर्मा सल्लाहकारको भूमिकामा रहनेछन्, भने इश्वोर थापा र नबिन जंग केसी खेलकुद संयोजक रहेका छन।

सामाजिक, सांस्कृतिक र खेलकुद गतिविधिमा सक्रियता बढाउने उद्देश्यसहित गठित कार्यसमितिका सदस्यहरूमा सन्तोष बाबु लामिछाने, बीरबहादुर तामांग, सुनिता परियार, बसन्त बराल, सुमन सुबेदी, सजना त्रिपाठी, कविराज बराल, सुनिल कोइराला, निरूपा ठकुरी, स्मृति बराल, बसन्त पौडेल, सबिन गुरुङ, अनिल अर्याल, प्रबिना दाहाल, मदन श्रेष्ठ, बिनोद आचार्य, सुशील भुजेल, बिक्की गुरुङ र बिनिता आचार्य रहेका छन्। नवगठित टोलीले आगामी दिनमा एकता, सेवा र सहकार्यको भावना सहित समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा खानसाईमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

Leave a Reply

Top