You are here
Home > प्रवास > डिल्ली प्रसाद सापकोटा (विष्णु)ले गरे सचिव पदको खुल्ला तर्फ आफ्नो उम्मेदवारि दर्ता

डिल्ली प्रसाद सापकोटा (विष्णु)ले गरे सचिव पदको खुल्ला तर्फ आफ्नो उम्मेदवारि दर्ता

ओसाका ,जापान,

लामो समयदेखि सामाजिक सेवामा सक्रिय एवं एन आर एन ए जापनका केन्द्रीय सदस्य डिल्ली प्रसाद सापकोटा (विष्णु)ले सचिव पदको खुल्ला तर्फ आफ्नो उम्मेदवारि दर्ता गरेका दर्ता गराएका छ। आफ्नो आधिकारिक फेसबुक मार्फत सो कुराको जानकारी गराएका डिल्लीप्रसाद सापकोटा (विष्णु)को फेसबुकमा लेखिएको कुरा जस्ताको तस्तै:

सम्पूर्ण जापानवासि आमा,बुबा,दाजु तथा दिदी-बहिनिहरूमा नमस्कार यतिबेला एनआरएनए जापानको १२ राष्ट्रिय महाधिवेशन मार्फत २०२५-२०२७ कार्यकालका लागि नया कार्यसमिति चयनका लागि निर्वाचन समितीले तोके बमोजिम रित पुरागरि मैले सचिव पदको खुल्ला तर्फ आफ्नो उम्मेदवारि आधिकारिक रूपमा दर्ता गरेको छु।अरू बाकि मैले यो संस्थामा आज सम्म गरेका महत्वपूर्ण कार्यहरू तथा भावि योजनाहरूको मूल्यानङकन गरि मलाई आफ्नो अमूल्य मत मार्फत न्याय गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु।
यस अघि मैले मेरो यात्रा आरम्भको बारेमा जानकारी गराईसकेको हुदा अब भने त्यसैको निरन्तरता स्वरूप अहिले सम्म मैले गरेका महत्वपूर्ण कार्यहरू र भावि कार्ययोजनाहरू तपाई माझ साझा गर्न चाहान्छु।
*मैले गरेका महतावपूर्ण कार्यहरू:
१)कुमामोतोमा भुकम्प जादा प्रत्यक्ष पुगेर जापानी नागरिकलाई खाना खुवाउने कार्यमा संलगन रहि जापानी समुदायमा नेपालीहरूप्रतिको सकरात्मक दृष्टिकोण तथा सम्बन्ध विस्तार।
२)नेपालमा भूकप्म जादा आर्थिक संकलन तथा राहत सामाग्रि उपलब्ध गराउने अभियानमा सकृयता।
३)नागानो केनमा गएको बाढिका कारण आपतकालिन शिविरमा सरण लिएर बसेका बाढि पिडितहरूलाई खाना तथा राहत सामाग्रि प्रदान गर्ने कार्य मेरो नेतृत्वमा सम्पन्न।
४)भईपरि आउने समस्यामा सदैव अग्रपंङतिमा रहेर समान रूपले सबैलाई सकेको आर्थिक,नैतिक तथा भौतिक सहयोग गर्दै आएको।
५)संस्थामा पद प्राप्ति मात्र ठूलो कुरा होईन भन्ने मान्यतालाई शिरोपरि गर्दै अग्रजलाई सम्मान गर्नुपर्छ भन्ने मूल्य र मान्यतालाई आत्म साथ गर्दै क्रमिक रूपले संयोजक हुने आफ्नो पालो हुदा समेत समाज मिलाउनुपर्छ भनि संयोजक पद त्याग गरेको।
६)केन्र्दिय समितिमा मनोनित सदस्य हुदा पनि आफ्नो नेतृत्वमा ईसिकावा केनमा भूकम्प पिडितलाई खाना तथा राहत सामाग्रि उपलब्ध गराएको।
७)प्रथम कान्साई नेपाल फेष्टिवलको सदस्य सचिव तथा स्टल व्यवस्थापन समिति संयोजक रहि कुशलतापूर्वक कार्यसम्पादन गरेको।
भावि कार्ययोजना तथा कार्यक्रमहरूः
१)विधान संस्थाको मेरूदण्ड भएको र यसले नै संस्थाको मार्गचित्र तय हुदा यसमा सबैको अपनत्व हुनेगरि सबैको साझा बनाउने।अभियानमा लागेका अनुभविहरूलाई चुनावको माध्यमबाट पाखा लगाउने होईन कुनै न कुनै गहन जिम्मेवारि प्रदान गरि संस्थामा अटाउने वातावरणको सृजना विधान मार्फत सूनिष्चित गर्ने।
२)एनआरएनए जापान अन्तरगत रहेका १२ वटा क्षेत्रिय समितिलाई आधिकारिक रूपमा दर्ता गराउने कार्यमा पहलकदमि लिने।
३)विभिन्न भिजा स्टाटसमा जापान प्रवेश गर्ने नेपालीहरूलाई जापानको जिवनयापन सहजताका लागि यहाको नियम ,कानुन लगायतका विषयहरूमा सूसुचित गर्नका लागि जनचेतनामूलक अनलाईन तथा भौतिक गोष्ठि तथा सेमिनार गर्ने।
४)संस्थाका प्रत्येक निर्णयहरू सार्वजनिक गर्ने कार्यलाई अझ बढि सरल,सहज र प्रभावकारी बनाउने त्यसका लागि समाजिक संजाल मात्र नभई एनआरएनए जापानको वेव साईटलाई सबै माझ पुर्याउने।
५) गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको “ड्रिम प्रोजेक्ट” अन्तर्गत एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्रको निर्माणलाई द्रुतगतिमा निर्माण सम्पन्न तथा संचालनका निम्ति आर्थिक,नैतिक तथा भोतिक रूपमा आफू सकृय रहदै सम्पूर्ण जापानवासीलाई यस अभियानमा जोड्न पहलकदमि लिने।
६) समयको महत्वलाई मनन गर्दै संस्थाका बैठक संचालन तथा संस्थाले गर्ने हरेक कार्यक्रमहरूलाई व्यवस्थित र मर्यादित बनाउदै निर्धारित समयमा सुरू र निर्धारित समयमा अन्त्य गर्ने परिपाटिका लागि अग्रिम तयारि गर्ने ,अतिथि आसन ग्रहणलाई छोटो मिठो गराउने,जुन उदेश्य बोकेर कार्यक्रम गरिएको त्यसको गहिराईमा पुगि एनआरएनएले गर्ने कार्यक्रमहरूलाई परिणाम मुखि बनाउने।
७)एनआरएनए अभियानलाई निहित स्वार्थपुर्तिका लागि फूटाउने होईन,सबैलाई जुटाउने अनि सबै अटाउने साझा थलो बनाउन एनआरएनए जापानको तर्फदेखि पहलकदमि लिने।
८)अबदेखि व्यक्ति हावि र शक्तिशालि हुने होईन संस्था शक्तिशालि र बजबुत बने मात्रै हाम्रा साझा समस्याहरू समाधान गर्न सक्छौ त्यसकारण अभियानमा म होईन हामी भन्ने भावनाको विकास गर्ने।
नोटःमेरा सबै कुरा तपाईहरू माझ खुल्ला किताब जस्तै छरपष्ट छन बाकि कुरा मतदान गर्दा त्यहि अनुरूप दिल खुलेर मलाई सहयोग गर्नुहुने छ भन्ने आशा,भरोसा र विश्वास सहित मलाई अगाडी बढाउने वा यहि रोक्ने जिम्मा तपाईहरूलाई छोड्दै कलम बन्द गर्छु।धन्यवाद। जय एनआरएनए।

 

Leave a Reply

Top