एनआरएनए जापानको वरिष्ठ उपाध्यक्ष पदमा कृष्ण शर्मा गैरेको उम्मेदवारी दर्ता प्रवास समाचार July 17, 2025July 17, 2025 -ओसाका ,जापान, लामो समयदेखि सामाजिक सेवामा सक्रिय एवं एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरेले वरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।आफ्नो आधिकारिक फेसबुक मार्फत सो कुराको जानकारी गराएका कृष्ण शर्मा गैरेको फेसबुकमा लेखिएको कुरा जस्ताको तस्तैः सम्पूर्ण जापानवासी आमा -बुबा,दाजुभाई,दिदी-बहिनी,बुद्धिजीवी तथा पत्रकार ज्यूहरूमा म कृष्ण शर्मा गैरेको तर्फदेखि हार्दिक नमस्कार।विगत लामो समयदेखिको जापान बसाईको यो अवधिमा नितान्त एनआरएनएलाई आफ्नो सामाजिक सेवाको पथ बनाएर निरन्तर अघि बढिरहेको कुरा यहाहरू माझ सर्वविदितै छ। लामो यात्रा तय गर्दै यहासम्म आईपुग्दा तपाईहरूको माया,आशीर्वाद,हौसला,प्रेरणा,साथ,सहयोग र समर्थनको लागि सर्वप्रथम तपाईहरू सबैलाई हार्दिक नमन तथा कृतज्ञता प्रकट गर्दछु। २०११-२०१३ :एनआरएनए कान्साई सदस्य। २०१३-२०१५: एनआरएनए कान्साई सदस्य। २०१५-२०१७: एनआरएनए कान्साई कोषाध्यक्ष। २०१७-२०१९: एनआरएनए कान्साई उप-संयोजक। २०१९-२०२१: एनआरएनए कान्साई संयोजक। २०२१-२०२३:एनआरएनए जापान कोषाध्यक्ष। २०२३-२०२५:एनआरएनए जापान उपाध्यक्ष। मैले यस अभियानमा लागेर विभिन्न कालखण्डमा विभिन्न पदमा रहेर आफ्नो कार्य र पदयिय जिम्मेवारि कुशलतापूर्वक सम्पन्न गर्दै आएको हुदा यस अभियानलाई निरन्तर अगाडी बढाउनका लागि २०२५-२०२७ कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारि दिने निर्णय गरि आफ्नो उम्मेदवारि निर्वाचन समिति समक्ष पेश गरेको छु।आशा छ विगतमा जस्तै यसपाली पनि तपाईहरूले मेरो ईमानदारिता,संस्थाप्रति उत्तरदायि र जवाफदेहि रहने मेरो स्वभाव,अभियानमा क्रमिक रुपमा निरन्तर अघि बढेको ईतिहास र मैले विभिन्न पदमा रहदा निर्वाह गरेका महत्वपूर्ण भूमिका र कार्यसम्पादनका आधारमा आफ्नो अमूल्य मत प्रदान गरि फेरि पनि तपाईहरूको सुख-दुःखमा हातेमालो गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने पूर्ण विश्वास सहित अघि बढेको छु।धन्यवाद।जय एनआरएनए।