मुक्तक साहित्य August 10, 2021 -पार्वती भट्ट १ प्रेममा पनि घात हुन्छ, प्रतिघात हुन्छ र पनि मन किन, उसैको आबाद हुन्छ सुनेकी थिएँ मौनतामा पनि त हुन्छ प्रेम जहाँ आँखा आँखाको मिठो संवाद हुन्छ । २ कोही आयो खुब चलायो, धमिलो बनायो प्रेमको शान्त पोखरीमा, खै ! केके खनायो पढाउन त पढायो प्रेमकै पाठशाला खोलेर विडम्बना ! न फकायो प्रेमपूर्वक न मनायो । ३ घरी घरी तिम्रो तस्विर, छुन मन लाग्छ तिमीसँगै हाँस्न अनि, रुन मन लाग्छ एकान्तमा छातीमाथि, निदाएर प्यारा ! सधैंभरि तिमीसमीप हुन मन लाग्छ। ४ जिन्दगीका तानाबाना, बुनी साध्य छैन छोड्दा पनि छैन साध्य, चुनी साध्य छैन बहनु छ हावासित तैरिनु छ पानीसित हरे ! समयको वेग पनि, थुनी साध्य छैन । तुपानडाँडा, डडेल्धुरा