You are here
Home > समाचार > प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा

प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा

नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेतामा धवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् । उनले आफूलाई शेरबहादुर देउवालाई हेरेको हे–यै बनाइ दिऊँ भनेर आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको टिप्पणी गर्दै भने– ‘जस्तोसुकै प्रस्ताव आए पनि विपक्षी गठबन्धन तोड्दिनँ । माधव नेपाल धोका दिने मान्छे होइन ।’

उनले भने– ‘यो एमाले भित्रको विद्रोही आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतान्त्रिक प्रक्रियाबाट पनि तानाशाही जन्मिने रहेछ, केपी ओली त्यस्तै तानाशाह हो ।’

नेता नेपालले ओलीको धोकाले आफू मात्र नभई देश नै हैरान भएको टिप्पणी पनि गरे । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री दिएपनि अब विपक्षी गठबन्धनको साथ नछोड्ने बताए ।

यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Top