८ बर्षकी छोरी सोफीको सामाजिक अभियानलाई बाबु महेश कटुवालको साथ प्रवास विविध समाचार March 25, 2019 लामो समय देखि जापानको ओसाकामा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी तथा समाजसेवी महेश कुमार कटुवाल र उनकी ८ बर्षकी छोरी सोफी कटुवाललेको आर्थिक सहयोगमा काभ्रेको चौरी देउरालीमा रहेको सुन्कोशी प्राथमिक बिद्यालयका ३५ बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरिएको छ ।दीपश्री क्रिएटिभ मिडिया नेपालका सदस्य मोनोज पन्तले उक्त शैक्षिक सामग्री बिद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो। आफुले बिबिन्न मान्यजन बाट प्राप्त गरी संकलन गरेको पैसाले नेपालमा रहेका आफु जस्तै उमेरका साथीहरुको लागि सहयोग गर्न पाउदा खुशी लागेको छोरी सोफी कटुवालले बाताइन।उनले संकलन गरेको रकममा उनका पिता महेशले थप गरी सहयोग पठाएको जानकारी दिनुभयो। सामाजिक काममा सानै देखी छोरीले देखाएको रुचिलाई आफुले प्रोत्साहन दिन खोजेको कटुवालको भनाइछ । आफ्नी छोरीले सामाजिक क्षेत्रमा सहयोग गर्न देखाएको रुची प्रती आफुलाई खुशी लागेको उन्की आमा रन्जु लामिछानेले जानकारी दिइन। त्यसो त रन्जु आँफैले पनि जापानमा भाषागत रुपमा समस्या परेका नेपालीहरुको लागि सहयोग गर्दै आइरहेकी छिन्।