You are here
Home > समाचार > आचारसंहिता विपरीत र मन्त्री चुनावी प्रचारमा

आचारसंहिता विपरीत र मन्त्री चुनावी प्रचारमा

प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आचारसंहिताविपरीत चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न उनी जिल्ला दौडाहामा निस्केका हुन् ।

स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ को दफा ४ क मा ‘कुनै सार्वजनिक निकाय वा परियोजनाका स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने’ उल्लेख छ । तर, प्रधानमन्त्रीले उक्त दफाविपरीत नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन् । बुटवलको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शनिबार बिहान पौने १२ बजे बुटवलस्थित नेपाली सेनाको २२ नं. वाहिनीमा उत्रिएका थिए । त्यहाँ उनलाई गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणसहितका स्थानीय नेता र सुरक्षाकर्मीले स्वागत गरे ।

निर्वाचन आचारसंहिताले सरकारका अधिकारी र स्थानीय तहमा राजीनामा नदिएका जनप्रतिनिधि आफू उम्मेदवार भएको अवस्थामा बाहेक अन्य अवस्थामा दलको चुनाव प्रचारप्रसारमा सहभागी हुन पनि रोक लगाएको छ । आचारसंहितामा ‘सरकारी अंग वा अधिकारीहरूले आफैं उम्मेदवार भएको खण्डमा बाहेक प्रचारप्रसार गर्न नपाउने’ पनि उल्लेख छ । तर, देउवाले बुटवलमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ‘गठबन्धनका उम्मेदवारले नजिते प्रजातन्त्र संकटमा पर्ने’ बताए । प्रजातन्त्रको रक्षा र गणतन्त्रको पूर्ण कार्यान्वयनका लागि गठबन्धन बनेको र त्यसका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । ‘प्रजातन्त्रको भविष्यका लागि स्थायी रूपमा कसैले शंका गर्न नसक्ने ठाउँमा ल्याउन अहिलेको गठबन्धन बनेको हो,’ उनले भने, ‘त्यसैले गठबन्धनका सबै उम्मेदवारले जितेनन् भने प्रजातन्त्र पनि संकटमा पर्छ ।

Leave a Reply

Top