भव्य भयो एनआरएन कान्साईको सांगीतिक धमाका २०२०(फोटो फिचर) प्रवास मनोरञ्जन January 3, 2020January 5, 2020 दीपा कडेल १८ पुस, ओसाका एन आर एन कान्साइले अंग्रेजी नयाँ बर्षको अबसर पारेर २०२० जनावरी १ तारिकका दिन आयोजना गरेको शुभकामना आदान प्रदान सहितको सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।पाँच सय जाना भन्दा बढी दर्शकले भरिएको ओसाका स्थिति उमेदामा रहेको होटेल हिल्टनमाको सांगीतिक माहोलले कान्साइमा रहेका नेपालीहरुलाई एक सुत्रमा बाँध्न सफल भएको थियो। कार्यक्रमलाई अौपचारिक र अनौपचारिक गरी दुई भागमा सँचलन गरिएको थियो।औपचारिक कार्यक्रम संस्थाका संयोजक कृष्ण गैरेको सभापतित्वमा संचालन भएको थियो। तुल्सीराम खेरल प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रम एन आर एन जापानका सल्लाहकारहरु आत्माराम गैरे र नरेन्द्र बस्नेत दिनेश बिशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा एन आर एन जापानका सदस्यहरु महेश कटुवाल र शिबु थापा लगाएत कान्साइमा रहेका अधिकांश संस्थाका प्रतिनिधिहरुको उपस्थिती तहेको थियो।संस्थाका सचिब धन प्रसाद सापकोटाले सँचालन गर्नु भएको औपचारिक सत्रमा संस्थाका उपसंयोजक दिलिप शर्मा गैरेले स्वागत मन्तव्य राख्नुभएको थियो।यस बर्ष सांगीतिक कार्यक्रम संगै राष्ट्रीय टोपी दिवस विशेष रुपले मनाइएको थियो।उपस्थित प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथिहरुलाई ढाकाटोपी सम्मान गरिएको थियो। आपतकालिन राहत कोषको सहयोगार्थ आयोजना गरिएको सांगीतिक कार्यक्रमको पक्ष भने निकै मनोरञ्जनात्मक बनेको थियो।संचारकर्मी पुरुषोत्तम लामिछानेले संचालन गर्नुभएको सांगीतिक कार्यक्रमको प्ररम्भमा जापानको चर्चित ड्रीमर्स ग्रुपले जापानमा नयाँ बर्षमामा गाइने गीत तथा नृत्य प्रस्तुत गरेको थियो।त्यस पछि आरजु पुनले स्वागत नृत्य प्रस्तुत गरिन भने गायिका प्रश्ना पाण्डेले पनि अाफ्नो स्वर मार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिन। त्यस पछी स्टेज चढेका चर्चित गायक यम बरालले आफ्ना चर्चित गीत मार्फत दर्शकलाई निरन्तर मनोरञ्जन दिइरहे। एक पटक स्टेज चढेर फर्किएकी बुगी बुगी २०१८ कि बिजेता कबिता नेपालीको पुनरागमनले हल गुँजायमान भएको थियो ।कबिता नेपालीको धमाकेदार नृत्य पछी उद्घोषकले विल्सन बिक्रम राइ स्टेजमा नआउने जानकारी गराउदा केहीबेर हल्लाखल्लानै मच्चिएको थियो। तर दर्सक दिर्घा बाट तक्मे बुढा प्रवेश गरेपछि सबैको ध्यान उतै तानिएको थियो।जापनको समसामयिक बिषयलाई तक्मे बुढाले ब्यङ्यको बिषय बनाएका थिय। दर्शकसँग दोहोरो संबाद गर्दै तक्मे बुढाले सबैलाई पेट मिचिमिची हाँस्न बाध्य बनाएका थिए। अन्तमा आएका थिए हाल चर्चामा रहेका गायक प्रकाश सपुत। उन्ले स्टेज पुग्ने बितिक्कै बिना सम्बोधान सुरु गरे बोल माया बोलको गीत केही बेर उन्को प्रस्तुतिले मञ्चमा सन्नाटा छायो। कसैका आसुँ देखिये कसैले लुकाए।प्रस्तुती नै यस्तो थियो की सबैको मन केही बेर भाबुक हुन्थ्यो नै। त्यस पछी उन्का अन्य प्रस्तुतिहरुमा दर्शकहरुले भरपुर साथ दिएका थिए। उक्त अबसरमा कार्यक्रमलाई आर्थिक सहयोग गर्ने संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएको थियो। यसैबिच नागानो केनमा आएको सुनमी पश्चात एन आर एन कान्साइको तर्फ बाट रहात वितरणमा सहभागीहरु जगत थापा,रामचन्द्र काफ्ले,रामचन्द्र गैरे,दिलिप कंडेल,बिष्णु सापकोटा र दिलिप शर्मालाई उक्त कार्यक्रममा सम्मान पनि गरिएको थियो।कार्यक्रमको अन्त्यमा गरिएको लक्की ड्र को बिजेता हेमलाल निउरे नेपाल जाने आउने टिकेट प्राप्त गर्नु भएको थियो ।