नेपाली विधार्थी समाज जापानले “नेसाज स्मारिका” प्रकाशन गर्ने प्रवास समाचार August 6, 2021 नेपाली विद्यार्थी समाज जापान (नेसाज )ले “नेसाज स्मारिका ” प्रकाशनको लागी तयारी थाल्दै रचना आह्वान समेत गरेको छ । विजया दशमी ,शुभ दिपावली ,छठ तथा नेपाल सम्वत् ११४२ को पावन अवसर पारी नेसाज स्मारिका प्रकाशन गर्न लागेको कुरा अध्यक्ष अजय रानाले जानकारी दिनुभयो साथै सबैको साथ र सहयोगको मिल्ने बिश्वास अध्यक्ष रानाले ब्यक्त गर्नुभयो । एक अर्काको ज्ञान तथा अनुभव आदानप्रदान होस् भनी नेसाजले प्रकाशन गर्न लागेको स्मारिका जापानमा रहनुहुने नेपालीहरुका लागि अत्यन्त उपयोगी हुने कुरा मा विश्वस्त रहदै निवर्तमान अध्यक्ष कृष्ण भुसालले निवर्तमान अध्यक्षहरुले पनि यस काममा पूर्ण साथ सहयोग प्रदान गर्ने कुराको प्रतिवद्दता जनाउदै सम्पूर्ण कार्य समितिले गर्न लागेको यस कामको प्रशंशा गर्नु भयो। नेसाजले प्रकाशित गर्ने स्मारिकामा जापानबासी नेपाली सर्जकहरुले आफ्ना रचनाहरु (कविता, गजल हाइकु ,सायरी, लघुकथा, आफ्ना अनुभव, रिसर्च पेपर, लेख तथा अन्य )राख्न सक्नु हुने छ। इच्छुक ब्यक्तिले लेख तथा रचना आफ्नो परिचय खुल्ने गरी देहाय बमोझिमको ठेगाना र समयमा एक प्रती फोटो सहित पठाई सहयोग गरिदिनुहुन नेसाजका महासचिव सन्जय कार्कीले अनुरोध गर्नु भयो। मिती २०२१ -सेप्टेम्बर १५ पठाउने ठेगाना : nesajadmin@gmail.com अथवा नेसाजको फेसबुक पेज नोट :लेख तथा रचना नेपाली,जापानी र अंग्रेजी भाषामा पठाउन सकिने छ