कसरी ? कविता साहित्य August 20, 2021 –अमरजीत कौंके पञ्जाब, भारत कसरी कुन्नि मेरा आँखाबाट तिम्रो चित्रलाई चिन्छन् मान्छेहरु मेरो अनुहार हेरी तिम्रो मुस्कानको अनुभव गर्छन् मेरा पाउ हेरेर तिम्रो घरको बाटो पहिल्याउँछन् मेरा औंलाले मान्छेहरु तिम्रो अनुहारको नक्सा कोर्छन् मेरा शब्दमा तिम्रो नाउँको कविता खोज्दै मेरा ओठहरुमा स्पर्श गर्छन् तिम्रो देहको बास्नालाई देह त मेरो हो मेरो देहमा कुन्नि कसरी तिमी भिजेकी छ्यौ ? हिन्दीबाट अनुवादः भविलाल लामिछाने र खडकराज गिरी दार्जिलिङ