आईसिसिलाई पत्र लेख्दा असन्तुष्ट पक्षधरले प्रयोग गरेको शब्दप्रती पत्रकार महासंघ जापानको आपत्ति प्रवास समाचार October 2, 2021October 2, 2021 ओसाका /जापान । एनआरएनए जापानको निर्वाचन सम्बन्धमा असन्तुष्ट पक्षहरुले आईसिसीलाई दिएको निबेदनमा उल्लेखित शब्दप्रती नेपाल पत्रकार महासंघ जापान शाखाले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । पत्रकार महासघ जापान शाखाका अध्यक्ष मोहन घलेको हस्ताक्षर सहित जारी गरिएको विज्ञप्तीमा जापानबाट सञ्चालन गरिएको एक अन्लाईन पत्रीकामा केही दिन अघी प्रकाशित समाचारको बिषयलाई लिएर आईसिसीमा दिएको निबेदनमा आपत्तिजनक शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको हो। । ‘समाजका अगुवाहरुलेनै संचार माध्यम र पत्रकारलाई लक्षित गरी समाजको कलंक जस्ता शब्द प्रयोग गर्नु निन्दनिय काम हो’ विज्ञप्तीमा भनिएको छ ’सम्बन्धित पक्षलाई यस्ता कार्य नदोहोर्याउन र सार्वजनिक रुपमा माफी माग्न आग्रह गर्दछौ ।’ केहिदिन अघि एनआरएनए जापानको खाता नम्बर १३४३१५६१ बाट करिब २ करोड ५० लाख यन गायब भएको बिषयमा समाचार प्रकाशन भएको थियो । तत्कालिन कोषाध्यक्ष कालिका थापाले जुलाई महिनामा ओसाकामा भएको अधिबेसनको बन्दशत्रमा पेश गरेको आर्थिक प्रतिबेदनमा माथि उक्त खाता नम्बरमा २ करोड ४७ लाख ७५ हजार ९६३ यन मौजदात रहेको उल्लेख गर्नु भएको थियो। निर्वाचन प्रक्रियाप्रति असन्तुष्टी जनाउदै उहाले नयाँ कार्यसमितिलाई कुनै पनि कागजपत्र बुझाएको छैन । उहाले नयाँ कार्य समितिलाई नबुझाएको उक्त खाता नम्बरबाट आफुखुसी रकम झिकेको नयाँ कार्य समितिले जनाएको छ । असन्तुष्ट पक्षधरहरुले आईसिसिलाई लेखेको पत्रमा रकम अर्कै खातामा स्थानतरण गरिएको बताए पनि कुन खाता के कति रकम स्थानतरण गरिएको हो त्यस्को कुनै प्रमाण पेश नगरेको आईसिसीले जनाएको छ।