You are here
Home > साहित्य > अनेसास जापान च्याप्टरद्वारा कवि एवं गीतकार `लालगोपालसँग कविता साँझ’ आयोजना गरिदै

अनेसास जापान च्याप्टरद्वारा कवि एवं गीतकार `लालगोपालसँग कविता साँझ’ आयोजना गरिदै

टोकियो 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरले चर्चित कवि तथा गीतकार लालगोपाल सुवेदीसँग विशेष साहित्यिक काव्य कार्यक्रम ‘लालगोपालसँग कविता साँझ’ आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी फेब्रुअरी २१ शनिबार साँझ ५:०० बजेदेखि टोकियोको सुगामोस्थित राइनो किचनमा हुनेछ।

हाल अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी साहित्यिक भ्रमणमा हुनुहुन्छ। नेपाली साहित्य तथा कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएका सुवेदीको साहित्य तथा गीतसंगीत दुवै क्षेत्रमा गहिरो प्रभाव रहेको छ। उहाँ एक प्रख्यात कवि मात्र नभई सफल गीतकारका रूपमा पनि परिचित हुनुहुन्छ। यसै क्रममा टोकियोमा आयोजना हुन लागेको काव्य साँझमा सुवेदीले आफ्ना प्रतिनिधिमूलक तथा समसामयिक रचनाहरू वाचन गर्नुहुनेछ। साथै कार्यक्रमस्थलमा उपस्थित साहित्यप्रेमीहरूसँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया पनि हुनेछ।

अनेसास जापान च्याप्टरका अध्यक्ष आनन्द अधिकारीले प्रवासी जीवनमा नेपाली साहित्यिक वातावरणलाई बलियो बनाउँदै नयाँ पुस्तालाई साहित्यसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
महासचिव मनोज मौसम केसीले कार्यक्रमका सम्पूर्ण तयारी पूरा भइसकेको उल्लेख गर्दै नेपाली समुदायको सक्रिय सहभागिताले कार्यक्रम सफल हुने विश्वास व्यक्त गर्नुभएको छ।
त्यसैगरी कार्यक्रम संयोजक सरोज घिमिरेले जापानका सम्पूर्ण साहित्यप्रेमी व्यक्तित्व, लेखक तथा कविहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन अनुरोध गर्नुभएको छ।

Leave a Reply

Top