You are here
Home > अन्तर्राष्ट्रिय > ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जापानमा विशेष कार्यक्रम आयोजना हुँदै

११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा जापानमा विशेष कार्यक्रम आयोजना हुँदै

टोकियो, जापान
११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर जापानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ। “Give to Gain” भन्ने मूल नारासहित तथा “नारीको सम्मान राष्ट्रको अभिमान” भन्ने सन्देशलाई आत्मसात् गर्दै उक्त कार्यक्रम आगामी २०२६ मार्च ७ (शनिबार) दिउँसो १२:०० बजेदेखि टोकियोको मेगुरोस्थित 2 Chome-4-36, Meguro City, Tokyo 153-0063 मा सम्पन्न हुने भएको हो।

नेपाली राजदूतावास टोकियो तथा गैरआवासीय नेपाली संघ (NRNA) को संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रमको सह–आयोजकका रूपमा साहित्यिक चौतारी नेपाल जापान शाखा रहेको छ।

कार्यक्रममा नारी सम्मान, सशक्तीकरण, समान अधिकार तथा समाजमा महिलाको भूमिकाबारे विविध विषयमा विचार–विमर्श गरिनुका साथै सांस्कृतिक प्रस्तुति तथा विशेष वक्तव्यहरू प्रस्तुत गरिनेछन्। साथै, महिला स्वास्थ्यसम्बन्धी विभिन्न जानकारीमूलक तथा चेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।

विशेषगरी कार्यक्रममा स्तन क्यान्सर सम्बन्धी जानकारी – लक्षण, जोखिम तथा स्वास्थ्य बीमा सम्बन्धी परामर्श,पाठेघरसम्बन्धी क्यान्सर, गर्भनिरोध तथा महिला स्वास्थ्यसम्बन्धी जानकारी र अन्य सचेतनामूलक तथा सामाजिक विषयमा जानकारी दीइने छ।

प्रवासी नेपाली समुदायमा महिला सशक्तीकरण, स्वास्थ्य सचेतना तथा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस कार्यक्रममा जापानमा रहनुभएका सम्पूर्ण नेपाली समुदाय, विशेषगरी दिदीबहिनीहरूलाई उपस्थित भई दिवसको गरिमा बढाइदिन आयोजकले हार्दिक अनुरोध गरेका छन्।

Leave a Reply

Top