You are here
Home > साहित्य > कविता > म एउटा भोको पेट

म एउटा भोको पेट

-नितिश जयपाल

राजस्थान, भारत

 

संघर्षको गाथा

व्यक्त गर्ने अनुहार

अनन्त गहिराइमा भासिएका आँखा

जीवनदानका लागि नियालिरहेका

मानौं केही भनिरहेका

युगौंदेखि भएको अत्याचारको गाथा

कायाको धमिलो छाया

कालो अतीतको चोटलाई लुकाइरहेछ

तैपनि सिक्रीले बाँधिएका पखेटा

फट्फटाउन आतुर छन्

उड्न बेचैन छ

अधीर छ आकाशको अनन्त उचाइ छुन

लेख्न एउटा नयाँ इतिहास

गार्गीको पराक्रमलाई दोहोराउन तत्पर

कल्पनाको एक अनन्त उडान

आँखामा झल्किएको प्रकाश

ब्रह्माण्ड जगमग गर्न व्यग्र छ

गहिराइमा डुबेका यी आँखा

मानौं सम्पूर्ण विश्वलाई पढ्न आतुर छन्  ।

हिन्दीबाट अनुवाद: सुमी लोहनी

                             भाटभटेनी, काठमाडौं ,नेपाल

Leave a Reply

Top